समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान खुलाएर कम्पनी दर्ता गर्न पाउने

समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान खुलाएर कम्पनी दर्ता गर्न पाउने

  • शुक्रबार, असोज ३ २०७१

काठमाडौं (पहिचान) असोज ३ -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान खुलाएर कम्पनी दर्ता गर्न पाउने भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर कम्पनी दर्ता गर्न सकिने व्यवस्था गरेको हो । यसअघि समलिंगी तेस्रोलिंगीले अन्य उल्लेख गरेर कम्पनी दर्ता गर्न सक्ने व्यवस्था थिएन । सरकारले महिला, पुरुष र समलिंगी तेस्रोलिंगीबीच विभेद हुन नदिन महिला पुरुषसँगै अन्य उल्लेख गरेर कम्पनी दर्ता गर्न सक्ने व्यवस्था गरेको हो ।

सरकारको यो व्यवस्थाले समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर कम्पनी दर्ता गर्न कुनै रोकावट नहुने अधिवक्ता सुजन पन्तले जानकारी दिए । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले विगत १४ बर्षदेखि अधिकार प्राप्तीको अभियान चलाउँदै आएको छ । अन्य उल्लेख गरेर कम्पनी दर्ता गर्न पाउने व्यवस्थालाई समलिंगी तेस्रोलिंगीले आफ्नो अधिकार प्राप्तीको अभियानकै सफलताको रुपमा लिएका समाजले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading