विश्वव्यापी कविता प्रतियोगितामा पहिलो पटक तेस्रोलिंगी सहभागी

विश्वव्यापी कविता प्रतियोगितामा पहिलो पटक तेस्रोलिंगी सहभागी

काठमाडौं (पहिचान) मंसिर ५ -विश्वव्यापी कविता प्रतियोगितामा पहिलो पटक तेस्रोलिंगी महिला सहभागी भएका छन् । खोई कस्तो मान्छे हुँ शिर्षक रहेको कविता पठाएर तेस्रोलिंगी महिला पिंकी गुरुङ सहभागी भएकी हुन् । विश्व नेपाली साहित्य महासंघले आयोजना गर्न लागेको कविता प्रतियोगितामा नील हिरा समाजकी अध्यक्ष समेत रहेकी तेस्रोलिंगी गुरुङले सहभागिता जनाएकी हुन् ।

महासंघले दोश्रो पटक खुल्ला कविता प्रतियोगिता गर्न लागेको हो । महासंघले सबै व्यक्ति खुल्ला रुपमा कविता प्रतियोगितामा सहभागी हुन पाउने भनेकाले आफू प्रतियोगितामा सहभागि भएको समाजकी अध्यक्ष तेस्रोलिंगी महिला पिंकी गुरुङले वताइन । महासंघले घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्न इमेल सन्देश पठाएको थियो । कविता मंसिर १५ गतेसम्म पठाइसक्नु पर्ने महासंघले जनाएको छ ।

कविता प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार र प्रमाणपत्र दिइने महासंघको नेपाल च्याप्टरका अध्यक्ष रमेश कँडेलले जनानकारी दिए । महासंघका अनुसार उत्कृष्ट १० कवितालाई चाइनीज र हिन्दीमा अनुवाद गरी संग्रह प्रकाशित गरिनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading