मट्टितेलमा आगो लाएसी आखीर त्यो बल्नै पर्छ

मट्टितेलमा आगो लाएसी आखीर त्यो बल्नै पर्छ

काठमाडौं (पहिचान) मंसिर ९ – आनिक राना तेस्रोलिंगी महिला हुन् । उनकोे जति सघर्ष जीवनमा सायदै अरुको नहुन सक्छ । महिला र पुरुषको अस्तित्वले जेलिएको समाजमा तेस्रोलिंगी समूदायको अधिकार प्राप्तिको अभियानमा रहेकी आनिकका यस्ता धेरै पीडा छन् जुन एकै पटक व्यक्त गरेर सकिदैन
आनिक राना
हत्केलाको रेखामा लेखीएका कत्ति कुरा,
ढुक्क भइ नबसौँ काम नगरी हुन्न पुरा।।
हत्केलाको रेखा हैन, कर्मले चैँ लक्ष्य छुन्छ,
दुइओटै हात नहुनेको पनि आखीर भाग्य हुन्छ।।
संघर्ष गर्नै पर्छ शिखरमा चढ्नलाई,
लडे उठी हिँड्नै पर्छ अगाडी बढ्नलाई।।
काम गर्दै जानु पर्छ, कति हन्डर खानु पर्छ,
हिँड्दा लड्यो भने पनि उठी अघी जानु पर्छ।।
बिउलाई रोपे पछि धेरथोर त फल्नै पर्छ,
मट्टितेलमा आगो लाएसी आखीर त्यो बल्नै पर्छ।।
बगेको पानीले नै समुन्द्रलाई भेट्दछ,
उडेको पन्छिले नै नयाँ ठाउँ देख्दछ।।
फाँटमा हराएको गोरु झैँ किन घुम्ने,
अचुक शुत्र कर्म नै हो हाम्ले आफ्नो लक्ष्य चुम्ने।।
त्यसैले हामी पनि आजैबाट कर्म गरौँ,
आफ्नो गाउँ समाजमा धेरथोर सुवास छरौँ।।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.