हाम्रो पनि चाहना हो, अरु सरी बाँच्न पाउने

हाम्रो पनि चाहना हो, अरु सरी बाँच्न पाउने

राज चौधरी/ धनगढी (पहिचान) पुष ३ -केदार अखडा गा.वि.स. वडा नं.८ डोटीका खेम बहादुर बम अहिले धनगढीको कैलाली बहुमुखी क्याम्पसमा विएड दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । बम जन्मदा पुरुष नै हुन तर उनको स्वभाव र व्यवहार भने महिलाको जस्तो छ । उनी आफ्नो पहिचान समलिंगी पुरुष भनेर दिन्छन् ।

बमले पहिचान कार्यक्रम सुनेर आफ्नो यौनिकताको बारेमा थाहा पाएको वताए । खेमको व्यवहार र स्वभावले समाजका व्यक्तिहरु भने विभिन्न उपनामले गिज्याउने गर्छन र खेमलाई यसमा दुख लागिरहन्छ । खेमलाई आफ्नो यौनिकताको बारेमा जानकारी भए पनि आफ्नो घर परिवारलाई भन्न सकेका छैनन् । विद्यालय तहमा अध्ययन गर्दा उनलाई साथी भाईहरुले यो केटा भएर केटी जस्तै गर्छ यो त छक्का हो की भनी जिस्काउने गरेका थिए ।

तर क्याम्पस तहमा भने त्यस्तो कुनै व्यवहार नगरेको खेमले पहिचान अनलाईनलाई वताए । खेम बहादुर बमले समलिंगी तेस्रोलिंगीलाई राज्यले आरक्षण सहितको अधिकार प्रदान गर्नु पर्ने वताए । खेम बहादुर बमले साहित्यिक विद्यार्थी भएकै कारण आफू मुत्तक, गजल लेख्ने गरेको वताए ।

खेमको एउटा गजल
हाम्रो पनि चाहना हो अरु सरी बाँच्न पाउने
दुई दिनको जिन्दगीमा रुन होइन हाँस्न पाउने ।।
होईन हामी चाहनाले अरु भन्दा फरक भाको
हामीलाई नि हक चाहिन्छ जीवन माला गाँस्न पाउने ।।
अमानव र वनमानुष त होइनौ नी हामी
रहरै छ आकाङ्क्षालाई अरु सरह साँच्न पाउने ।।
क्षणिक तिमले अबुझ बनि कुदृष्टिले हेरे पनि
कुनै घडी हुने छैन फरक सम्झि दाँज्न पाउने ।।
सबको दिलको कालो वादल फटीने छ हाम्लाई हेर्ने
यो नियति कैले नहोस हक खोज्दै बाझ्न आउने ।।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.