नारी दिवसमा तेस्रोलिंगी चेपाङ सम्मानित

नारी दिवसमा तेस्रोलिंगी चेपाङ सम्मानित

इन्दिरा न्यौपाने/ हेटौडा(पहिचान) फागुन २८ – महिला साहित्यकारहरुको सस्था “आँचल साहित्य कला पुञ्ज” मकवानपुरले १०५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर १० जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा एक जना तेस्रोलिंगी पनि छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर समाजमा उल्लेखनिय योगदान पुया¥एको भन्दै पुञ्जले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
दश सम्मानित महिला मध्ये यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट तेस्रोलिंगी जुली चेपाङ पनि परेकी हुन । आफ्नो पहिचान सहित खुलाएर यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारका लागि काम गरेको भन्दै चेपाङलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
आफ्नो घर परिवार र समाजको अपहेलनाको बावजुद पनि चेपाङले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान सहितको अधिकार स्थापनाको लागि मकवानपुर जिल्लामा महत्वपुर्ण योगदान दिदै आएकी छन् ।
समाजले अझै स्वीकार गरि नसकेको अवस्थामा महिलाहरुकोबीचमा सम्मानित हुन पाउँदा आफुलाई खुशी लागेको भन्दै सम्मान सँगै आफुलाई अझै यस क्षेत्रमा आफ्नो जिम्मेवारी थपिएको महसुश भइरहेको उनले बताईन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.