निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी भुजेल बाँधिइन् बैबाहिक बन्धनमा

तेस्रोलिंगी भुजेल बाँधिइन् बैबाहिक बन्धनमा

685
SHARES

इन्दिरा न्यौपाने /मकवानपुर (पहिचान) चैत्र ११– मकवानपुरमा एक समलिंगी जोडी वैवाहिक बन्धनमा बाधिएका छन् । मकवानपुर जिल्लाबाट अन्य उल्लेख गरेर नागरिकता निकाल्न सफल तेस्रोलिंगी अजिता भुजेल र विरगंज निवासी भोला मिया दाम्पत्य जीवनमा बाधिएका हुन् ।

चैत्र १० गते मंगलबार चुरियामाईलाई साक्षी राखी विवाह बन्धनमा बाधिएका उनीहरुले राज्य र कानुनलाई नै चुनौती दिएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयलाई लिएर भैरहेको विवाद, छलफल र वहसलाई सकारात्मक बनाउन यस्ता किसिमका गतिविधिले थप योगदान मिल्ने उनीहरुको भनाई छ ।

समाजले दिदै आएको उपनाम, गर्दै आएको तिरस्कारलाई र बुझ्दै आएको गलत धारणालाई परिवर्तन गर्न आफुले यस्तो कदम चालेको भुजेलले वताइन । समाजलाई परिवर्तन गर्न कानुनी प्रावधान अति आवश्यक भएकोले विवाह दर्ता गराउन पाउनुपर्ने उनको माग रहेको छ ।

अहिलेसम्म कानुनमा समलिंगी विवाहलाई कानुनी मान्यता दिइएको अवस्था छैन । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको निरन्तरको खवरदारी पछि समलिंगी विवाह बारे अध्यायन गर्न गठित समितिले केही समय अगाडि मात्रै समान लिंग भएका दुई व्यक्तिहरु वैवाहिक सम्वन्धमा बस्न पाउने कानुनी व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । यो सिफारिस पारित भएको खण्डमा सम्पुर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समान हक अधिकारमा राहत पुग्ने देखिन्छ ।

यो पनि पढ्नुहोस् :

समलिङ्गी विवाह र बैबाहिक जीवन

समाचार शेयर गर्नुहोस्
685
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.