हामी बाँचेर आयौ

हामी बाँचेर आयौ

माधब दुलाल /गजधुम्ब हाम्रो अनुहार, साहस र हिम्मत भएकोमा गर्व गर्ने साहसी र पौरखी तपाई हामी नेपाली । नेपाली भएर बाँच्नुको गर्ब कोही कसैले अनुमान लगाउँलान या त्यतिकै हावामा उढाउलान त्यो व्यक्तिगत कुरा , अर्को कुरा दुई थरी बिचार यो देशमा सदियौ देखि चल्दै आएको हो ।

यि दुई थरी बिचारमा कसैको साहस भएन कि एउटा ठिक अर्को बेठिक । त्यसैले कहिले एउटा तथा कहिले अर्को, कहिले अर्को त कहिले एक्लो यो सबै हुँदै आएको पुरातनबादी सोच र बिचार हो । सोच्दा एकले अर्कोलाई मात्रै होइन सारा संसारलाई हेर्नु पर्छ भन्ने सोचको बिकास जहिलेसम्म हुँदैन त्यहिले सम्म यो हाम्रो चिन्तन मननले सार्थकता पाउँदैन । यो यस्तै यथेष्ट प्रमाण सहितका हामीसँग उदाहरण छन्, जुन गृहमन्त्री बामदेव गौतमसँग जोडिएका छन् ।
१. के मिति २०७१।१२।२८ गते दोलालघाटमा बनभोज मनाउन गएका केही व्यक्ति ज्यान जोगाएर आउन सफल भए । किन ति स्थानीयले बनभोज गएका व्यक्तिलाई छानिछानी आक्रमण गरे ?
२. अपराध गर्न लगाउनेबारे कोही केही नबोल्ने तर जो सोझो उसकै मुखमा घोचो भनेझै अपराधीकै दबावमा सोझा सिधा व्यक्ति हिरासतमा रहनु कुनै पनि हिसावले न्यायोचित होइन । के हिरासतमा भएका व्यक्ति अपराध गर्न उक्साउनेहरुकोबारेमा तटस्थ भन्न सक्छ ? के उ सँग हिम्मत छ ? छैन भने आत्मसमर्पण मात्रै हो, जुन काम तिमिले हिजोदेखिनै गर्दै आएका छौ । आज गर्न तिमिलाई कुनै अनौठौ नलाग्न सक्छ । त्यसैले तिमि त्यस्तै गर्दै गर संरक्षण दिने त हामी छौ नि । कसैले भनिरहेको छ । खुलस्त नपारेसम्म ति जस्तै हजारौ व्यक्ति जेलमा बसेर कुनै न कुनै सीप सिकिरहेका छन् । सकारात्मक या नकारात्मक छुट्टयाउने जिम्मा तपाईको ।
३. म बिहानै समाचारमा आज धेरै अपडेट हुन पाइन । प्रधानमन्त्री सुशील कोइराला भक्तपुर हुदै काठमाडौं फर्कदै गरेको समय । अर्को हामी टाउँकोमा ६ इन्टु १ (डाक्टरको भाषामा) घाउँ चोट भएको र नौ टाँका लगाइएको तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पाको सिकिस्त शरीर सहित काभ्रेको पाँचखाल प्रहरी चौकीमा उपस्थित हामीले राती पौने ८ बजे मात्रै उन्मुक्त पायौ । गम्भिर चोट लागेका व्यक्तिलाई मिलापत्र गराउने बिषयमा त्यस क्षेत्रका प्रतिनिधि देशको कानुन लेख्ने जिम्मा पाएका व्यक्तिसम्मले प्रमूख जिल्ला अधिकारी सम्मलाई फोन गरेर घटनाबारे जानकारी प्राप्त गर्ने अवसर पाएका थिए । किनकी त्यो जानकारी गराउने व्यक्ति नेकपा एमालेका जिविस सदस्य भइसकेको हालका व्यापारी थिए ।
४. काठमाडौंदेखि भक्तपुरको प्रहरी नायब निरीक्षक चढेको सुरक्षाकर्मीको गाडिलाई पछाडिको आधा भागमा क्षति पुर्याउने चालकले ८० को दु्रत गतिमा गाडि चलाउँदै थिए । उनलाई बाटो त राम्रै रहेछ होइन त भन्दै गर्दा उनले प्रहरीको गाडिमा लगेर बाटो त राम्रै रहेछ भनेर देखाउन खोजेका भए उनी आफै जानुन म बबुरो के जानु । तर उनको त्यो साहस म मोटरसाइकलमा जमलमा धसारिदा भन्दा कम चाही पक्कै थियो । उनलाई सवारी चालक मात्रै होइन गाडिको इन्जिनसम्मको ज्ञान छ छैन चेक जाँच गर्ने काम उनी स्वयंमको हो या नियमनकारी निकायको हो म अहिलेसम्म जान्न सकिरहेको छैन । किनकी यस्ता घटना भइरहेको छन् ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, अधिवक्ता सुजन पन्त, अधिकारकर्मी सुशीला लामा, विश्वराज अधिकारी, पीडित मणी पाण्डे, सन्तोष कँडेल अनिल शेर्पा, शेखर कोइराला लगायतका हामी  बिचरा आज बाँचेर आयौ । भोलि जे होला देखाजायगा । सत्य नै धर्म हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading