के मानवअधिकार महिला पुरुषको मात्रै हो ?

के मानवअधिकार महिला पुरुषको मात्रै हो ?

विनोद विक /भैरहवा (पहिचान) जेठ २६ – यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका सदस्यलाई दुई दिने आधारभुत मानवअधिकार तालिम दिइएको छ । जिल्ला विकास समिति रुपन्देहीको आर्थिक सहयोगमा मोनो सपोर्टिङ म्यापल ग्रुप भैरहवाले तालिम आयोजना गरेको हो ।

तालिममा समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाज भैरहवा शाखाका कर्मचारी गोबिन्द गुरुङले आफ्नो समूदायको अधिकारको बिषयमा विगत ५ बर्षदेखि जिविससँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए । गुरुङले समलिंगी तेस्रोलिंगीलाई विपरित लिंगी महिला पुरुष सरह समान अधिकार दिनु पर्ने माग गरे । उनले के यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय यो देशका नागरिक होइनन् ? के मानवअधिकार महिला पुरुषको मात्रै हो ? यस्ता धेरै प्रश्नको उत्तर सरकारी निकायले दिनुपर्ने वताए ।unnamed (3)

तालिममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि भैरहवामा उदाहरणिय काम भएको वताए । श्रेष्ठले यो समूदायको अधिकार प्राप्तिका लागि जिविस सहयोग गर्न प्रतिवद्ध रहेको वताए । उनले समलिंगी तेस्रोलिंगीलाई समाजको अभिन्न अंग भए देश विकासको काममा योगदान पुग्ने गरी आफ्नो अधिकार प्राप्तिको अभियान संचालन गर्न सुझाव दिए ।

केयर एण्ड सपोर्ट भैरहवाकी आनिक रानाले राज्यले आफ्नो समूदायका सदस्यलाई अझै पनि पहिचान गर्न हिच्किचाएको भन्दै स्वतन्त्र रुपले हिड्न समेत नपाएको दुखेसो पोखिन । रानाले जतिनै सीप र योग्यता भएपनि राज्यले आफ्नो समूदायका सदस्यलाई रोजगारी विहिन बनाएको वताइन । उनले सन् २००१ देखि दातृ निकायको सहयोग लिएर अधिकार प्राप्तिको अभियानमा दौडिरहेको वताइन । रानाले कतिपय अवस्थामा दातृ निकायले पनि हात निकालेका बेला आफ्नो समूदाय नेपाली नागरिक भएर पनि शरणार्थी बन्नु परेको पीडा सुनाइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading