बाटो खोज्दा खोज्दै बाटो सकिएको पत्तै भएन

बाटो खोज्दा खोज्दै बाटो सकिएको पत्तै भएन

आनिक राना/पहिचान – हरियालीसंग मितेरी गाँस्न खोज्दा शिसिरले उजाड छाइदिन्छ
जिन्दगीमा कुहु कुहु कोहिली संग गाउन खोज्दा न्याउलिले बिरह गाइदिन्छ ।
जिन्दगीमा दुख अनि पीडा लुकाई हास्न खोज्दा आशुले आँखा भरिदिन्छ ।
जिन्दगीमा काडा पन्छाई फुल माथी टेक्न खोज्दा त्यहि फुलले मुटु घोची दिन्छ ।।
जिन्दगीमा जतासुकै जाउ तिमी हिडनलाई रोक छैन ।
दोबाटोमा अल्झाउने मेरो कुनै चोक छैन ।
झटारोको दाउ थापी आप खोज्ने गर्दिन म ।
सबै तिम्रो मनमानी अटने कुनै थोक छैन ।
खाने कुरा देखेपछि सबैलाई खाउ लाग्ला ।
तर तिमीसंग मागी खाने मेरो भोक छैन ।
मेरो यस्तो प्रकृति छ नठान्नु यो रिसाएछ ।
सामान्य नै छु म यहाँ देखाउने भोक छैन ।
बिन्ति अनि अनुरोध गर्न आयो नसोच्नु है ।
तिमीलाई राजी पार्ने त्यस्तो कुनै तोक छैन ।
जुनेली रातमा तारा गन्दा गन्दै औसी परेको पत्तै भएन ।
जिन्दगीकोे परिभाषा खोज्दा खोज्दै जीवन बितेको पत्तै भएन ।
बिगत सम्झदा सम्झदै बर्तमान बितेको पत्तै भएन ।
बाटो खोज्दा खोज्दै बाटो सकिएको पत्तै भएन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading