गणतन्त्र पछि नेपाल छोडेका रामप्रसाद खनाल समलिंगी बिरोधी

गणतन्त्र पछि नेपाल छोडेका रामप्रसाद खनाल समलिंगी बिरोधी

काठमाडौं (पहिचान) असार १४ – एक ताका ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएका बेला लोकदोहोरी गाएर गणतन्त्रको बिरोध गरेका रामप्रसाद खनाल अहिले नेपालमा छैनन् । उनले नेपालमा गणतन्त्र आउछ भनेर सोच्न पनि भ्याएका थिएनन् । उनलाई त केवल सत्ताको समर्थन गर्नु र आफ्नो शक्ती बढाउने मात्रै उद्धेश्य थियो । उनले त्यसताकाको चर्चामा रहेको एच बी सी एफमा पाहुना बनेर लोकदोहोरी एल्वमको चर्चा बटुल्नु मात्रै थियो । उनलाई सत्ताको समर्थन गरेर दविएको आवाजलाई बुलन्ध गराउनु थिएन ।

उनले सरकारी संचारमाध्यम नेपाल टेलिभिजनमा लोकदोहोरी कार्यक्रम चलाएर चर्चा त बटुल्नै नै थियो त्यसका साथै आफ्नो मनोमानि प्रस्तुत गर्नु नै थियो । तिनै खनाल धेरै बर्ष अर्को बिबादास्पद शब्द कोरेर चर्चामा आउन खोजेका छन् । उनले कोरेका शब्द एउटै कक्षामा पटक पटक अनुर्तिण बिद्यार्थीसँग तुलना गर्न लायक छ । उनलाई आमा भन्ने शब्द सस्तो लोकप्रियताका लागि प्रयोग गरिन्छ भन्ने प्रष्ट रहेछ भने मान्छेलाई पशुसँग तुलना गर्न मज्जाक लाग्दो रहेछ । उनका शब्द आँखाले नियाल्दा लाग्छ उनलाई अमेरिकाले भरखरै गरेको समलिंगी बिबाहलाई मान्यता दिने फैसला टाउकोलाई टोपी भारी भने जस्तै भएको छ ।

रामप्रसाद खनालसँग मेरो देखभेट भए पनि उनमा रहेको घमण्डी पनसँग परिचित गराउने मौका नेपाली भाषाको अनलाईनले दियो । उनले समलिंगी तेस्रोलिंगी सन्तान आफ्नै परिवारमा हुन्छन भन्ने सुइको समेत पाएका छैनन । रामप्रसाद खनाललाई आफ्नै यौनिकताबारे प्रश्न रहेछ क्यारे ? नेपलाका समलिंगी तेस्रोलिंगी भन्छन्, मुखमा राम राम बगलीमा छुरा धस्नेहरुले गणतन्त्र नै स्वाहा पारिसकेका थिए । हामीलाई त के को मान्छे देख्थेर । उनमा भएको शक्तीले सके त हामीलाई जन्मन समेत दिदैनथे होलान समलिंगी तेस्रोलिंगीले भने, खनालको भक्ती गाउनेबाट जोगिन सक्नु हुन्छ भने हाम्रो पीडा लेख्नुहोस । बास्तबमै रामप्रसाद खनालको सोच २०६१ मघ १९ कै रहेछ । उनमा किन मानवता पलाएन ? सोध्न मन लागिरहेछ उनका यि शब्द पढे पछि ःजुन थालमा खायो त्यहि थालमा ….. भने झै गरेका छन खनालले होइन त ?

समलिँगीहरुका नाममा !

– रामप्रसाद खनाल, हाल अमेरिका 

पुरुषले पुरुष सँग बिहे गर्ने भए
महिलाले महिला सँग बिहे गर्ने भए !
प्रकृतिको नियम बिपरित समलिँगी हुने भए
समलिँगीहरु हो अब तिमीहरुले
मुखले होइन गूदद्वारले खाना खाउ !
नाकले होइन कानले श्वास प्रश्वास गर्न जाउ
आँखाले होइन तिम्रा लिंगले हेर
हातले होइन खुट्टाले कलम केर !
खुट्टाले होइन हातले हिँड
हरेक कुरा उल्टा गर
उल्टाले सुल्टा गर !
तिमीलाई जन्म दिने आमालाई
अर्की आईमाई खोजेर बिहे गराइदेउ !
तिम्रा जन्मदाता बाउलाई
अर्को भुस तिघ्रे पुरुषसँग बिहे गराइदेउ !
पुरुष समलिँगीहरु हो तिमीहरुनै बच्चा पाउ
महिला समलिँगीहरु हो आफुमै आफुमै रमाउ !
समलिँगीका नाममा त्यती मात्र किन गर्छौ ??
पुरुष समलिँगीहरुहो तिमी गधा र गोरु सँग पनि बिहे गर
महिला समलिँगीहरु हो तिमीहरु सुँगुर्नी र भैंसीसँग पनि बिहे गर
आखिर जसले जे गरे पनि हुने रहेछ !
प्रकृतिले दिएको सुन्दर उपहार
मानब जिबनको यस्तो दुरुपयोग हुने रहेछ !
बरु पशुहरु समलिँगी हुँदैनन
मान्छेहरु समलिँगी रे !
तिनका बाजे, अझ मानबाधिकारका कुरा !
अब म पशुलाई बरु सम्मान गर्न सँकुला
म समलिँगी मानिस लाई सम्मान गर्न सक्दिन
गधा र गोरु सँग बिहे गर वा सुँगुर्नी र भैंसीसँग !
गर जे जे मन लाग्छ गर म रोक्दै रोक्दिन !

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.