‘ओ’ उल्लेख गरेर दोश्रो राहदानी वितरण “तेस्रोलिंगीको प्रमाण लिदाँ नाङ्गै बनाए”

‘ओ’ उल्लेख गरेर दोश्रो राहदानी वितरण “तेस्रोलिंगीको प्रमाण लिदाँ नाङ्गै बनाए”

काठमाडौं (पहिचान) भदौ १० – रुपन्देहीका तेस्रोलिंगी सन्तबहादुर पुनले ‘ओ’ अर्थात अन्य उल्लेख गरेर राहदानी पाएका छन् । ४७ बर्षका पुनले आफ्नो पहिचान सहित लिंगको महलमा ‘ओ’ अर्थात अन्य उल्लेख गरेर राहदानी पाएका हुन् । उनी ‘ओ’  उल्लेख गरेर राहदानी लिने दोश्रो व्यक्ति भएका छन् । यसअघि पहिलो पटक कैलालीकी तेस्रोलिंगी मनोज शाहीले लिंगको महलमा ‘ओ’ उल्लेख गरेर राहदानी लिएकी थिइन । राहदानी विभागले पहिलो पटक शाहीलाई ‘ओ’  अर्थात अन्य उल्लेख गरेर मेसिन रिडेवल पासपोर्ट दिन शुरु गरेको हो । शाहीको नागरिकतामा अन्य उल्लेख भएपनि पुनको नागरिकतामा पुरुषनै उल्लेख छ ।

पुनको मतदाता नामावलीमा भने तेस्रोलिंगी नै लेखिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नागरिकता सच्याउन नमानेपछि तेस्रोलिंगी पुनले चिकित्सकको प्रमाणपत्र पेश गरेपछि प्रशासन कार्यालयले दिएको तेस्रोलिंगी भएको सिफारिस गरेको थियो । पुनले आफू तेस्रोलिंगी भएको गाविस, नगरपालिका, लुम्विनी अञ्चल अस्पताल, नील हिरा समाजमा काम गरेको पत्र र प्रशासन कार्यालयको सिफारिस राहदानी विभागमा पेश गरेपछि पहिचान अनुसारको पासपोर्ट पाएका हुन् ।

IMG_20150827_092850334महिले आफ्नो पहिचान अनुसारको राहदानी लिन धेरै झण्झट व्यहोरे पुनले भने, घर, परिवार, समाज मात्रै होइन सरकारी निकायमा रहेका व्यक्तिले समेत मलाई विभेद गरे । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नागरिकता सच्याउन डाक्टरको रिपोर्ट ल्याउनु भन्यो तेस्रोलिंगी पुनले भनिन, डाक्टरको रिपोर्ट लिन जाँदा नाङ्गो बनाइयो । मलाई लुम्विनी अञ्चल अस्पतालको गाइने वार्डमा डाक्टरले कपडा खोल्न लगाएर लिंग र अण्डकोष रहेछ नि तपाई कसरी तेस्रोलिंगी भनेर सोधे पुनले भनिन्, म जन्मदा पुरुष हुँ र पुरुषलाई नै मन पराउँछु त्यसैले म तेस्रोलिंगी हुँ ।IMG_20150827_093107743 (1)

जन्मदाँ पुरुष हुर्कदै बढ्दै जादाँ महिलाको हाउभाउ, स्वभाव हुने र जन्मदाँ महिला हुर्कदै बढ्दै जाँदा पुरुषको हाउभाउ, स्वभाव हुनेलाई तेस्रोलिंगी भनिन्छ । तर यस बिषयमा सरकारी कर्मचारीमा सामान्य ज्ञान पनि नहुँदा महिले हैरानी खेप्नु पर्यो पुनले भनिन, अब अरु तेस्रोलिंगीले मेरो जस्तो कठिनाई भोग्नु नपरोस । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले डाक्टरको रिपोर्ट मागेकोमा खेद व्यक्त गरिन् ।

IMG_20150827_093035449समलिंगी तेस्रोलिंगी हो होइन डाक्टरले प्रमाणित गर्ने होइन अध्यक्ष गुरुङले भनिन्, मान्छेलाई नाङ्गै बनाएर लिंग हेर्ने र तेस्रोलिंगीलाई अन्तरलिंगी भनेर रिपोर्ट दिनु अन्याय हो । उनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तेस्रोलिंगी आनिक रानालाई नागरिकता लिन डाक्टरको रिपोर्ट ल्याउन भनेकाले यस विरुद्ध आफूहरु न्याय माग्दै सर्बोच्च अदालतसम्म पुगेको वताइन ।IMG_20150827_092936718

सर्बोच्चमा नील हिरा समाजले दायर गरेको रिट विचाराधिन छ अध्यक्ष गुरुङले भनिन, आफ्नो पहिचान माग्दा विभेद हुन्छ भने यो भन्दा ठूलो दुर्भाग्य अरु के होला ? तेस्रोलिंगी पुनलाई अस्पतालको गाइनेवार्डमा चेकजाँच गरी हेर्दा निज इन्टरसेक्स भएको चिकित्सकको राय अनुसार प्रमाणित गरिन्छ भनेर अस्पतालका डाक्टर राजेन्द्र प्रसाद खनालले रिपोर्ट दिएका छन् ।

अस्पतालको रिपोर्टका आधारमा इलाका प्रशासन कार्यालय रुपन्देहीका शाखा अधिकृत विष्णु प्रसाद ज्ञवालीले सन्त बहादुर पुन तेस्रोलिंगी भएको सिफारिस गरेका थिए । सन् १९९० मा विश्व स्वास्थ्य संगठनले समलिंगी तेस्रोलिंगी हुनु कुनै रोग नभएको भन्दै उनीहरु प्राकृतिकनै भएको घोषणा गरिसकेको छ । समलिंगी तेस्रोलिंगीले के अपराध गरेका थिए र डाक्टरको रिपोर्ट चाहिने समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन, महिला र पुरुषलाई चाही डाक्टर रिपोर्ट नचाहिने हामीले चाहीले डाक्टरको रिपोर्ट दिनु पर्ने ? यो हामी माथिको अन्याय हो । पुनले सर्वोच्च अदालतले २०६४ पुष ६ गते दिएको निर्देशनात्मक आदेश र गृह मन्त्रालयले २०६९ पुष १६ गते जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको परिपत्र अघिनै लिंगको महलमा पुरुष उल्लेख भएको नागरिकता लिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading