छैन आशा अब कुनै विहानीको

छैन आशा अब कुनै विहानीको

आनिक राना/पहिचान

गुज्री रहेको छ जिन्दगी
यस्तै गरी न कसैको साथ,
न त कसैको साथ पाउने आशा ।
अंन्धकार छ जता ततै
अस्ताई सकेछ घाम पनि उज्यालोमा साथै थियो,
छाडेर गइसकेछ आफ्नै छाँया पनि ।
न कुनै बाटो, न त कुनै पुग्ने ठेगाना
भौतारी रहेछ जिन्दगी मेरो,
अन्धकारमा यस्तै गरी ।
छैन आशा अब कुनै विहानीको
हराउने छु कुनै दिन म,
यो अन्तहिन रात गुज्री रहेको छ ।
यस्तै गरी न कसैको साथ,
न त कसैको साथ पाउने आशा ।।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading