भारतको उच्च अदालतमा समलैगिकताबारे फेरी बहस सुरु

भारतको उच्च अदालतमा समलैगिकताबारे फेरी बहस सुरु

20.1k
SHARES

काठमाडौं (पहिचान) माघ १९ – भारतमा समलिंगीवीच शारीरिक सम्बन्धलाई अपराध मान्ने कानुनविरुद्ध दायर रीटमा फेरी बहस सुरु भएको छ । उच्च अदालतका ५ जना न्यायाधीसहरुको ईजलासमा यससम्बन्धि रीट टेवल भएको भारतीय सँचारमाध्यमहरुले जनाएका छन् । यसअघि दिल्ली हाईकोर्टले सन् २०१३ मा समलिंगीवीचको यौन सम्बन्धलाई अपराध मान्ने फैसला सुनाएको थियो । त्यस फैसलाविरुद्ध परेको रीटमा सुनुवाई गर्दै अब ५ जना न्यायाधीसहरुले १९ औं सताब्दिको कानुन परीवर्तन गर्ने या कायमै राख्ने भन्ने फैसला गर्नेछन् । भारतको विद्यमान कानुनमा दुई पुरुषवीच शारीरिक सम्बन्धलाई अपराध मान्दै १० बर्षसम्मको सजाय हुनसक्ने व्यवस्था छ । समलिंगीहरुको अधिकारका लागि काम गर्दै आएकाहरुले यो कानुन खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।

स्रोत : http://www.bbc.com/hindi/india/2016/02/160202_377_supreme_court_aa

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.