के म जस्तो तेस्रोलिंगीले दायर गरेको मुद्धाको फैसला आजिवन हुँदैन ?

के म जस्तो तेस्रोलिंगीले दायर गरेको मुद्धाको फैसला आजिवन हुँदैन ?

आनिक राना/पहिचान -म यम वहादुर राना (आनिक) तेसोलिंगी महिला हुँ । मेरो पहिचान मेरो गौरव र शान हो । बास्तविक जीवनमा सत्य र यर्थात पहिचानसँग जिउन पाउनु मेरो नैसर्गिक अधिकार हो । तर यति हुँदा हुँदै पनि २०६४ पौष ६ गते सर्वोच्च अदालतको फैसला अनुसार मैले मेरो पहिचान वा यौनिकताको हिसावले मेरो पहिचान खुल्ने गरि नेपाली नागरिकता पाउनु पर्ने थियो, तर रुपन्देही जिल्लाका पूर्व प्रमूख जिल्ला अधिकारीले मलाई म तेस्रोलिंगी हुँ या होइन भन्ने कुरा चिकित्सकबाट प्रमाणित गरेर ल्याउनु भनि नागरिकता दिनबाट बञ्चित गराए ।

Anik Ranaप्रकृतीको निश्चल र स्वच्छ बरदान हुँ, म जसलाई आज यो राष्ट्रले तेस्रोलिंगी भनेर चिन्दछ भने चिकित्सकले मेरो शरिरको कुन अंगको परिक्षण गरेर प्रमाणित गर्नेछन् कि म तेस्रोलिंगी यो या होइन भनेर ? जव म मेरो पहिचान र नाम परिवर्तन गरि सो अनुसारको नागरिकता पाउनबाट बञ्चित भए ।

२ बर्ष अगाडिनै नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलबाबु पन्त, वर्तमान अध्यक्ष पिंकी गुरुङ र म स्वंम भई ७५ जिल्लाका प्रमूख जिल्ला अधिकारीलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्यौ । तर आज यतिका समय वित्दा पनि हाम्रो रिटको सुनुवाई हुन सकेको छैन । कारण आफैमा एउटा प्रश्न भएको छ । के म जस्तो तेस्रोलिंगीले रिट दायर गरेको मुद्धाको फैसला आजिवन नै हुँदैन ?

के हाम्रो मुद्धा लड्ने अधिकार छैन र ? के हामी न्यायका पात्र बन्न सक्दैनौ र ? यि सबै प्रश्नको उत्तर म यहाँहरुबाट चाहन्छु के म मृत्युको शैयामा पुग्ने अवस्थासम्म पहिचान विहिन हुनेछु ? के मैले हालेको मुद्धाको फैसला मैले सुन्न नपाउँदै म यो धर्तिबाट विलिन हुनुपर्ने हो ?
म सबैलाई एउटा प्रश्न गर्न चाहन्छु, मेरो यौनिकताको पहिचान डाक्टरले प्रमाणित गर्ने हो भने तपाईहरु पुरुष हो भन्ने कुरा कसले प्रमाणित गर्छ ? ढाका, टोपी, सर्ट, पाइन्ट लगाउँदैमा पुरुष भइन्छ भने म आज अहिले नै लगाउन तयार छु । तर त्यो डे«स लगाएर बाहिरी गेटअपमा परिवर्तन आउँला तर मेरो इच्छा, आकक्षां र भावनाको कसरी हत्या गर्नुहुन्छ जो प्रकृतीले रचेको सुन्दर रचना हो ।
अन्त्यमा हाम्रो पहिचानको लडाई म बाँचे सम्म लडिरहनेछु भने तपाईहरु आफ्नो पहिचानको पहिचान गर्नुहोस अनिमात्र अरुको जीवनको पहिचानमा औला उठाउनुहोस ।
तेस्रोलिंगी मेरो पहिचान
यो जीवन नै मेरो लागि शान
धन्यबाद

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading