१२ जना पुगे अन्य उल्लेख गरेर पासपोर्ट लिने तेस्रोलिंगी

१२ जना पुगे अन्य उल्लेख गरेर पासपोर्ट लिने तेस्रोलिंगी

काठमाडौं (पहिचान) माघ २८ – यौनिक तथा लैंगिक अल्पसंख्यकलाई लिंगको महलमा ‘ओ’ उल्लेख गरेर पासपार्ट दिन थालेको धेरै भएको छैन । गत साउन २५ गतेबाट वितरण सुरु भएको लिंगको महलमा ‘ओ’ उल्लेख गरिएको पासपोर्ट लिनेको संख्या १२ पुगिसकेको छ ।
यही ७२ साल साउन २५ मा सबैभन्दा पहिले तेस्रोलिंगी मनोज शाहीले राहदानीमा अन्य अर्थात अग्रेजी अल्फावेट ‘ओ’ उल्लेख गरेर राहदानी लिएका थिए । त्यसपछि साउनकै २८ गते काभ्रेपलाञ्चोकका तेस्रोलिंगी हरि श्रेष्ठले ‘ओ’ उल्लेख गरिएको राहदानी लिएका थिए ।
त्यसपछि भदौंको तीन गते ललितपुरकी करुणा र कुसुम विष्टले लिंगको महलमा ‘ओ उल्लेख गरेर राहदानी लिएका थिए । भदौंकै चार गते रुपन्देहीका सन्तबहादुर पुनले लिंगको महलमा ओ उल्लेख गरेर राहदानी लिए । Passport
त्यसैगरी भदौकै २३ गते काठमाडौंकी तेस्रो लिंगी मानवअधिकारकर्मी कैलाश श्रेष्ठ ‘भूमिका’ले पुरानैं नाममा लिंगको महलमा ओ उल्लेख गरेर राहदानी लिइन् । भदौंकै ३१ गते झापाका तेस्रोलिंगी मुकेश गुरुङले लिंगको महलमा ‘ओ’ उल्लेख गरेर राहदानी लिए । त्यसपछि ११ असोजमा नुवाकोटका तेस्रोलिंगी इश्वर थिङ पुष्पाले लिंगको महलमा ओ उल्लेख गरेर राहदानी लिए ।
मंसीर तीन गते धादिङका तेस्रोलिंगी सुनिल बराइलीले लिंगको महलमा ओ उल्लेख गरेर राहदानी लिए भने, मंसिरकै २९ गते उदयपुरका तेस्रोलिंगी देवराज विश्वकर्माले र गत पुस १३ मा खोटाङका तेस्रो लिंगी माधवप्रसाद निरौंलाले ओ उल्लेख गरेको राहदानी लिए । अन्तिम पटक केन्द्रीय राहदानी विभागबाट सर्लाहीका तेस्रोलिंगी सुरेन्द्र महराले लिंगको महलमा ओ उल्लेख गरेर राहदानी लिएको राहदानी विभागले जनाएको छ ।
राहदानी विभागले जसले जे माग गरेपनि नागरिकताका आधारमा मात्र राहदानी वितरण गर्छ । तर, धेरै यौनिक अल्पसंख्यकका विषयमा वकालत गरेर हिड्ने अधिकारकर्मीको समेत नागरिकता पुरुष वा महिला पहिचानको भएका कारण उनीहरुले लिंगको महलमा अन्य उल्लेख गरेको नागरिकता लिन पाएका थिएनन् । विगतमा एक पटक बनिसकेको नागरिकता परिवर्तन नहुने हुनाले तेस्रोलिंगीहरुले पहिचान जे बनाएपनि नागरिकता भने पुरानैं पहिचानको बोक्नुपर्ने बाध्यता थियो ।
तर, अहिले तेस्रोलिंगीहरुलाई नागरिकतामा उल्लेख भएको पुरानो नाम परिवर्तन गर्न नमिले पनि पहिचान अनुसार लिंगको महलमा परिवर्तन गर्न सकिने प्रावधान रहेका कारण उनीहरुमा नागरिकता परिवर्तन गरेर राहदानी लिने अभ्यास सुरु भएको छ । त्यही अन्तर्गत नैं अहिले समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीहरु जो विदेश भ्रमणमा पनि गइरहेका छन् उनीहरुले ओ उल्लेख गरिएको राहदानी लिने क्रम बढेको छ । आफ्नो पहिचान नलुकाई पहिलो पटक नागरिकता लिनेलाई भने पछि लिंगको महल परिवर्तन गर्नुपर्ने झण्झटबाट मुक्ति नैं मिल्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading