“छक्का हिजडा भन्दा मन खिन्न हुन्छ”

“छक्का हिजडा भन्दा मन खिन्न हुन्छ”

काठमाडौं (पहिचान) चैत्र १२ – समलिंगी तेस्रोलिंगी मानवको सृष्टिदेखिनै अस्तित्वमा रहेको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले वताएकी छन् । महिला पुरुषसँगै अस्तित्वमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई पछिल्लो समय समाजले स्वीकार गर्दै जानु सकारात्मक पक्ष भएको गुरुङको भनाई छ ।

Book 2मार्टिन चौतारीमा भारतीय लेखक देवदत्त पटानायकले लेखेको शिखण्डी पुस्तकमा बुकाहोलिक्स समूहकी संस्थापक सगुना शाहले चलाएको छलफलमा अध्यक्ष गुरुङले आफूलाई घर परिवारले १५ बर्ष अगाडिदेखि स्वीकारेको वताइन । घर परिवारले त स्वीकार गरेको छ, तर भाइ बुहारीले आफ्नो छोरालाई यस्तो नभएस भनेर घोचपेच गर्दा मन खिन्न हुने गरेको वताइन । मलाई त स्वीकारे भन्यो, सामान्य विवाद भएका बेला छक्का हिजडा भन्छन् उनले भनिन्, त्यस्तो बेला मन खिन्न हुन्छ ।

शिखण्डी पुस्तकमा भगवानको पालदेखिनै तेस्रोलिंगी रहेका उल्लेख गरिएको छ । नयाँ नयाँ पुस्तक पढ्ने र पुस्तकबारे हरेक महिना मार्टिन चौतारीमा छलफल चलाउँदै आएको बुकाहोलिक्स समूहकी संस्थापक सगुना शाहले भनिन्, हाम्रो हिन्दू धर्मग्रन्थहरुमा तेस्रोलिंगीको भूमिका विभिन्न नामबाट उल्लेख छ । महाभारतमा भीष्म पितामहद्वारा आफ्नो भाईको विवाहको लागि अपहृत गरिएकी काशीराजकी जेठी छोरी अम्बाको दोस्रो जन्म भीष्मको प्रतिशोधको कारण शिखण्डीको रुपमा भएको थियो । उनी नै भीष्मको मृत्युको कारण थिए ।

भगवानको पालामै क्रस ड्रेस छोरा भए छोरीको रुपमा र छोरी भए छोराको रुपमा प्रस्तुत भएको पाउँछौ शाहले भनिन्, समलिंगी तेस्रोलिंगी प्राकृतिक हुन् सबैले स्वीकार गर्नुपर्छ भन्ने शिखण्डी पुस्तकको ध्येय हो । पुस्तकमा धर्मग्रन्थमा पाइएका बिषय मात्रै समावेश गरिएकाले अहिलेको सन्दर्भमा ति सामग्री पर्याप्त नभएपनि समाजले स्वीकार गर्न र नकारात्मक सोच अन्त्य गर्न सहयोग पुग्ने शाहको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.