समलिंगी तेस्रोलिंगीबारे बुझेपछि विद्यार्थीहरुले भने, ‘अब अरुलाई पनि हाम्रो जानकारी सेयर गर्छौ’

समलिंगी तेस्रोलिंगीबारे बुझेपछि विद्यार्थीहरुले भने, ‘अब अरुलाई पनि हाम्रो जानकारी सेयर गर्छौ’

अनुषा भुजेल/सुनसरी (पहिचान) चैत्र २६ – सुनसरीको इटहरीस्थित नमुना कलेजका सोसल वर्कका विद्यार्थीहरुले नील हिला समाज इटहरीको कार्यालय भिजिट गरे । ‘खासमा समालिंगी तेस्रोलिंगीको हुन् ?’ भन्ने जिज्ञासा मेटाउन आएका विद्यार्थीहरुले समलिंगी तेस्रोलिंगीका विशेषता र उनीहरुका यौन व्यवहारका विषयमा धेरै जिज्ञासा राखे ।

बिधार्थीहरुको जिज्ञासामा साहारा समाज इटहरीका मानव अधिकार संयोजक सुमन तामाङले, ‘नील हिरा समाज यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि काम गर्ने पहिलो संस्था भएको’ बताए । ‘यो २००१ मा स्थापना भई अहिले नेपालका पाँचवटै विकास क्षेत्रमा शाखा कार्यालयहरु विस्तार भएको संस्था हो’ उनले भने, ‘यसले संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकको रुपमा संबोधन गरेका पाँच थरी क्याटागोरीका मानिसहरुको अधिकारका विषयमा वकालत गर्छ ।’image-f4b639039bef01730ba336bbab10211a035f682b7061f71ccd2537900157d82e-V

उनले जैविक रुपमा नारीको यौनांग लिएर जन्म लिएका तर हुर्कदै जाने क्रममा पुरुषको जस्तो स्वभाव भएका अथवा समाजले तोकिदिएको भुमिका भन्दा फरक रुपमा प्रस्तुत हुनेहरु पुरुष तेस्रोलिगीं र पुरुषको यौन अंग लिएर जन्म लिएको तर हुर्कदै जाने कममा छोरीको जस्तो स्वभाव लिएका महिला तेस्रोलिगीं भएको जानकारी दिए । ‘यस्ता व्याक्तिहरुको यौनिक झुकाव पनि विपरितजस्तो लाग्ने समान जैविक लिंगीतर्फ नै हुन्छ’ उनले भने, ‘म स्वयम पनि छोरीको यौन अंग लिएर जन्म लिएपनि सानै देखि पुरुष जस्तो लाग्ने र पुरुषले गर्ने काम मन पराउने गर्छु र ९ बर्ष देखि एउटी केटी ‘अनुषा’ सँग बस्दै आएको छु ।’ उनले दुईलिंगी (बाइसेक्सुअल) व्याक्तिहरु समान रुपले महिला र पुरुष दवैसंग बराबर आर्कषित हुने र समलिंगीहरु समान लिंगका व्याक्तिहरुसँग नै आकर्षित हुने बताए ।

बिधार्थीहरुले यो समुदायको संख्याका विषयमा पनि प्रश्न गरेका थिए । विद्यार्थीको विज्ञासामा नील हिरा समाजका विनोद वाग्लेले नेपालको राष्ट्रिय जनगणनाले तेस्रोलिंगीको जनसंख्या गणना नै नगरेका कारण यति नै भन्ने एकिन नभए पनि विश्व स्ववास्थ्य संगठनको अनुसन्धानले कुल जनसंख्याको ८ देखि १० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको संख्या हुने प्रमाणित गरेको बताए ।

वाग्लेले एच.आई.भी. बारे जानकारी गराउदै पुरुष पुरुषबीचको यौनसम्पर्कबाट एच.आई.भी र एड्सको जोखिम १७ गुणा बढी रहने भन्दै यस्तो जोखिमबाट बच्न यौनसम्पर्क गर्दा कण्डम र लुव्रिकेन्टको प्रयोग अनिवार्य भएको बताए ।

त्यस्तै बिधार्थीहरुले समलिंगी पुरुषहरुको स्वभाव आम पुरुष जस्तै हुने थाहा पाएपछि ‘उनीहरु कसरी विभेदमा पर्छन् ?’ भन्दै विज्ञासा राखेका थिए । ‘समलिंगी स्वभाव आम पुरुष जस्तै हुने हुदाँ एउटा तेस्रोलिंगी वा अन्तरलिंगीले भोग्नेजस्तो समस्या त उनीहरुले भोग्नु पर्दैन’ वाग्लेले भने, ‘तर, केटासगै आकर्षण हुने र यौन व्यवहार गर्ने हुनाले पहिचान सहितको अस्तित्व समाजमा स्थापित हुन समस्या हुन्छ ।’
यो जानकारीपछि बिद्यार्थीहरुले थप जानकारीका लागि आफूहरु थप इच्छुक भएको भन्दै फेरी पनि जानकारी लिन आउने बताए । ‘हामीले पाएको जानकारी अब अरु साथीहरुलाई पनि शेयर गर्छौ’ विद्यार्थीहरुले भने ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.