के गर्छन् बाबुरामले तेस्रोलिंगीलाई ?

के गर्छन् बाबुरामले तेस्रोलिंगीलाई ?

कठमाडौं/पहिचान – २०६३ साल पछि राजनीतिमा सक्रीय हुँदै आएका समलिंगी तेस्रोलिंगीहरु सुरुमा नेकपा संयुक्तमा गोलबद्ध हुँदै राजनीतिमा क्रियाशील भए । तर दोस्रो संविधानसभासम्म आएपुग्दा नेकपा संयुक्तले उनीहरुका मुद्दालाई उचित स्थान दिन नसकेको निस्कर्षसहित उनीहरु नेकपा संयुक्त छोडेर नेकपा एमालेमा सामुहिक प्रवेश गरे ।
पहिलो संबिधान सभामा समूदायको तर्फबाट प्रतिनिधित्व भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्तको पहलमा संबिधानको मस्यौदामा विवाद रहित रुपमा यो समूदायको अधिकार लेखिएको थियो । दोस्रो संबिधान सभा चुनाव पछि संबिधान सभामा यो समूदायबाट प्रतिनिधित्व भएन ।13453828_10206953667063272_1053429841_n
दोस्रो संविधानसभा चुनावभर एमालेलाई सहयोग गरेका समलिंगी तेस्रोलिंगीहरु त्यतिवेला निरास भए जतिवेला एमालेकै केही नेता र एमाले निकटका कानुन व्यवसायिहरुको सुझावमा संविधानको मस्यौदामा समेत परिसकेको ‘यौनिक झुकावका आधारमा कसैलाई विभेद गरिनेछैन’ भन्ने यौनिक अभिमुखिकरणको व्यवस्था संविधानको अन्तिम मस्यौदाबाट हट्यो ।

संविधानको त्यो व्यवस्था हटेपनि संविधानले ‘यौनिक तथा लैंगिक अल्पसंख्यक’ भनेर समलिंगी तेस्रोलिंगीलाई संबोधन गरेकाले त्यही झिनो त्यान्द्रो समातेर अधिकारको लडाइ लड्ने यो समुदायले एकीकृत नेकपा माओवादी नेता डाक्टर बाबुराम भट्टराईले त्यो पार्टी छोडेरे गठन गरेको नयाँ शक्तिमा प्रतिनिधित्व पायो । यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी दुईलिंगी र अन्तरलिंगी समुदायको अधिकारका लागि काम गर्ने संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ नयाँ शक्ति नेपालको अन्तरिम परिषद सदस्य भइन् ।
प्रतिनिधित्व पाएसँगै नयाँ शक्तिका सामाजिक अभियानमा क्रियाशीलता देखाएको समलिंगी तेस्रोलिंगी समुदायकी पिंकी गुरुङले नै नयाँ शक्तिले संचालन गरेको ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियानको काठमाडौं संयोजकको जिम्मेवारी पाइन् । त्यसपछि उत्साहित भएको समलिंगी तेस्रोलिंगी समुदाय बाबुरामको पार्टी घोषणा सभाका लागि उल्लेख्य साधन सावित भयो ।
13434179_10206953665823241_692227756_nकाठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति पार्टीको घोषणासभा हुँदा समलिंगी तेस्रोलिंगीहरु खुलेर र्यालीसहित त्यहाँ पुगे र मैदानको एउटा भाग ओगटेर अन्तिम समयसम्म साथ दिए अनि सभाको शोभा बढाए । कार्यक्रममा पूर्व मेची देखि पश्चिम महाकालीसम्मका हिमाल पहाड तराईको भेषभूषा झल्कने प्रस्तुती दिएर कार्यक्रमको आकर्षण पनि बढाए ।
‘पश्चिम कोही पूर्व घर आँगन त एउटै हो…’ बोलको गीतमा दिएको तेस्रोलिंगीहरुको नृत्य प्रस्तुती कार्यक्रमकै प्रमुख आकर्षण बनेको थियो भने बाँकी अरु प्रस्तुतीलाई समेत फिका सावित गर्नेखालको थियो । कार्यक्रमका लागि उनीहरुको उपस्थिति जिल्ला जिल्लाबाट गाडी रिजर्भनै गरेर रंगशाला पुगेका थिए ।
त्यही कार्यक्रमका सहभागि सिराहाका चन्द्रेश्वर यादवले अरु पार्टीहरुले धोका दिएका कारण नयाँ शक्तिमा आइपुगेको बताउँदै बाबुराम भट्टराईले समलिंगी तेस्रोलिंगीका अधिकार सुनिश्चित गर्न काम गर्ने विश्वास व्यक्त गरे ।
‘हामी पहिले पनि अरु दलमा लागेकै हौ तर उनीहरुबाट समुदायको हितमा काम हुन सकेनन्’ चन्द्रेश्वरले भने, ‘अब बाबुरामले पनि काम गर्न सकेनन् भने हाम्रो अभियान त जारी रहन्छ तर यो समुदाय उहाँसँग हुन सक्दैनन् ।’
यादवले भने जस्तै बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिसँग समलिंगी तेस्रोलिंगी समुदायको अपेक्षा संविधान अनुरुपका कानुन निर्माण र त्यसको व्यवहारिक कार्यान्वयनसँगै राजनीतिक संरक्षण हो । अब हेर्नुछ भट्टराईले अरु पार्टी जस्तै तेस्रोलिंगीलाई प्रयोग मात्र गर्छन वा समाजको एउटा हिस्साका रुपमा स्वीकार गर्दै उनीहरुलाई अघि बढाउछन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.