‘जुनसुकै पार्टीमा बसे पनि तेस्रोलिंगीले उठाउने मुद्धा एउटै हुन्’ : भूमिका

‘जुनसुकै पार्टीमा बसे पनि तेस्रोलिंगीले उठाउने मुद्धा एउटै हुन्’ : भूमिका

999
SHARES

काठमाडौं (पहिचान) असार ६ – तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले समलिंगी तेस्रोलिंगीहरु जुनसुकै पार्टीको महत्वपूर्ण पदमा पुगे पनि उनीहरुले उठाउने मुद्दा समान हुने बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज रेडियो कार्यक्रम ‘पहिचान’सँग कुरा गर्दै तेस्रोलिंगी मानवअधिकारकर्र्मी भूमिकाले फरक फरक पार्टीमा रहेपनि तेस्रोलिंगीहरुले उठाउने मुद्धा समान भएको बताइन् ।
Bhumika‘तेस्रोलिंगी साथिहरु जुनुसुकै पार्टीको माथिल्लो तहमा पुगेको देख्दा मलाई खुशि लाग्छ’ नेपाली कांग्रेसमा आबद्ध भएर १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत भइसकेकी श्रेष्ठले भनिन्, ‘किन भने जुनसुकै पार्टीमा बसे पनि उनीहरुले उठाउने मुद्दा समान नैं हुन् ।’
‘राजनीतिक दलमा आबद्ध हुने भनेको आवस्यकताले मात्र नभएर विचार, सिद्धान्त र आदर्शले हो त्यही आधारमा म विगतदेखि नेपाली कांग्रेसमा छुँ र रहिरहने छुँ’ उनले भनिन्, ‘त्यसैगरी अन्य साथिहरु पनि आफ्नो आस्था अनुसारको पार्टीमा आबद्ध हुनुहोस भन्ने लाग्छ ।’
हिजो समाजदेखि ऐन कानुन सम्मले पहिचान नदिएको समलिंगी तेस्रोलिंगी समुदायले अहिले संबैधानिक अधिकार प्राप्त गरेको उनले बताइन् । ‘संविधानले सुनिश्चित गरेका अधिकार कानुन निर्माणसँगै राजनीतिक दलमार्फत समाजमा स्थापित हुन्छन्’ भूमिकाले भनिन् । राजनीति भनेको समाजका सबै नीतिहरुको पनि मुल नीति भएकाले त्यसमा क्रियाशिलताले सबैलाई सचेत बनाउन पनि सहयोग गर्ने उनको भनाई छ ।
उनले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आफू सहभागि हुन विभिन्न कारणले छुटेको भन्दै अवका दिनमा कांग्रेसका विभिन्न निकायमा बसेर काम गर्न लागेको बताइन् । ‘नेपाली कांग्रेसमा नभए पनि अब म नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल महिला संघलगायतका संगठनमा आबद्ध भएर काम गर्ने विचारमा छु’ उनले भनिन् ।

समाचार शेयर गर्नुहोस्
999
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.