शैक्षिक क्षेत्रको विभेद अन्त्य गर्नुपर्नेमा जोड

शैक्षिक क्षेत्रको विभेद अन्त्य गर्नुपर्नेमा जोड

बिनोद बि.सि/रुपन्देही (पहिचान) ११ – जिल्ला विकास समिति रुपन्देहीले यौनिक तथा लैगिक अल्पसंख्यक समुदायबारे अभिमुखिकरण तालिमका लागि सहयोग गरेको छ । मोनो सपोरटिङ म्यापल ग्रुप भैरहवाले जिल्ला विकास समिति रुपन्देहीको आर्थिक सहयोगमा रुपन्देहीका विभिन्न तीन वटा विद्यालयमा यौनिकता तथा लैंगिकता सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
तालिममा जिल्लाका गौतम बुद्ध उच्च मा.बि, मंगलापुर, सेमरा मा.बि. सेमरा रुपन्देही र पशुपति उच्च मा.बि. कोटिहवाका कक्षा १० का विद्यार्थीलाई यौनिकता तथा लैगिकताका बारेमा स्पस्ट पारिएको नील हिरा समाज भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानेले जानकारी दिइन् ।
संयोजक न्यौपानले बिगतका वर्षमा समलिंगी तेस्रोलिंगी समुदायका व्यक्तिलाई शैक्षिक क्षेत्रमा भेदभाव हुने गरेको भन्दै यस्ता कार्यक्रमले त्यस्ता विभेद अन्त्य हुने विश्वास व्यक्त गरिन् ।13499643_978126862304749_1167551618_o

यौनिक तथा लैगिक अल्पसंख्यकका व्यक्ति पनि अब विपरितलिंगी सरह पढ्न पाउने वातावरण बनाउदै लैजाने उद्धेश्यले तालिम फलदायी हुने उनको भनाइ छ ।
न्यौपानले शिक्षक शिक्षिकाहरुले समलिंगी तेस्रोलिंगी यही समाजका नागरिक भएको हिसाबले पढ्न पाउनु उनीहरुको अधिकार भएको भन्नेमा स्पष्ट हुनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा जिल्ला बिकास समिति रुपन्देहीका स्थानीय विकास अधिकारी दुर्गाप्रसाद श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अर्थात् समलिंगी तेस्रोलिंगीहरु पनि सामान्य महिला पुरुष जस्तै भएको बताए । स्थानीय विकास अधिकारी श्रेष्ठले कक्षा ६, ७ र ८ को पाठ्यक्रममा यस समुदायको बारेमा लेखिएको र अबका दिनमा शिक्षक स्वयमले अध्ययन गरेर विद्यार्थीलाई अध्यापन गराउन आग्रह समेत गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.