राज्यले समलिंगी तेस्रोलिंगीको मुद्धामा कार्यक्रम संचालन गर्नुपर्छ : ढकाल

राज्यले समलिंगी तेस्रोलिंगीको मुद्धामा कार्यक्रम संचालन गर्नुपर्छ : ढकाल

साहस बटाला/काठमाडौं (पहिचान) साउन २३ – नील हिरा समाजले विभिन्न दातृ निकायको सहयोगमा एचआइभी न्यूनिकरण र अधिकार प्राप्तिको अभियान संचालन गरिरहेको जनाएको छ । जिल्ला विकास समिति काठमाडौंले गरेको गैरसरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रममा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले विभिन्न दातृ निकायको सहयोगमा सन् २००१ देखि अधिकार प्राप्तिको अभियान संचालन गरिरहेको जानकारी दिइन ।

नील हिरा समाज समुदायका लागि समुदायले नै संचालन गरेको सस्था हो ढकालले भनिन्, नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा अहिले आफ्नै भबन बनेको छ । समलिंगी, तेस्रोलिंगी एचआईभी एड्सको उच्च जोखिममा रहेका भन्दै उनले संस्था मार्फत एचआईभी संक्रमण हुन नदिन र संक्रमितको हेरचाह, औषधी उपचार, खानेबस्ने व्यवस्था गरेको वताइन ।

Kathmanduजिल्ला विकास समितिमा बार्षिक प्रगति समिक्षामा कार्यकारी निर्देशक ढकालले नर्वेजियन दूतावासको सहयोगमा दैनिक एक घण्टा रेडियो कार्यक्रम पहिचान विभिन्न ७ वटा एफ एम रेडियोबाट प्रसारण हुँदै आएको जानकारी गराइन । उनले महाभुकम्पमा पीडित समूदायका सदस्यलाई सहयोग रकम वितरण गरिएको वताइन ।

ढकालका अनुसार सेभ द चिल्ड्रेन, राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको सहयोगमा एचआईभी संक्रमितलाई लक्षित गरेर कार्यक्रम भइरहेका छन । नर्वेजियन दूतावासको सहयोगमा परिवार, राज्य र समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई गरेको विभेद अभिलेख गरिरहेको ढकालले जानकारी दिइन ।

सन् २००१ देखि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी सस्थाहरुबाट आएका कार्यक्रमहरु संचालनमा ल्याएर त्यसको सकारात्मक प्रतिफल प्राप्त भएको उनको भनाई छ । उनले संबिधानमा आफ्नो समूदायको अधिकार लेखिनु महत्वपूर्ण उपलब्धी भएको बताइन ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि थोरै बजेट बिनियोजन गरेर समूदायलाई सम्बोधन गरेको उनको भनाई छ । तर, राज्यले यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दामा कार्यक्रम नगर्दा समूदायका धेरै व्यक्ति समाजमा खल्न नसकेको ढकालले वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.