काठमाडौं (पहिचान) पुष १७ – सदभावना पार्टीका महासचिव मनिसकुमार सुमनले नागरिकलाई समान बनाउने अभियानले पूर्णता पाइनसकेको बताएका छन् । पहिचानसँगको कुराकानीमा महासचिव सुमनले समतामुलक समाजको पहिलो सर्त समानता भएको भन्दै समाजका कुनैपनि पक्षलाई असमान व्यवहार गर्न नहुने बताए ।
‘संविधानले कुनैपनि नागरिकलाई असमान व्यवहार गर्न नपाइनेगरी सबैलाई समान गरेको छ,’ महासचिव सुमनले भने, ‘तर हाम्रो समाज परंपरा देखि नै विभेदबाट गुज्रदै आएको हुँदा आज पनि विभेद कायम छ ।’ उनले विभेदले समाज विकासको गतिलाई नै प्रभावित पार्ने भन्दै त्यस्तो विभेद अन्त्यका लागि सामाजिक आन्दोलन आवस्यक हुने बताए । सुमनले समाजिक आन्दोलनले समाजका समस्याहरुबारे जनचेताना जगाउँदै समाधानमा सहयोग पुग्ने बताए ।
‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई संविधानको धारा ४२ ले प्रतिनिधित्वको क्लस्टरमा नैं राखिदिएको छ,’ सुमनले भने, ‘अब उनीहरुले लोकसेवा आयोग देखि न्यायसेवा र सम्पूर्ण सरकारी निकायमा आफ्नो दावी प्रस्तुत गर्न सक्ने र त्यहाँ प्रतिनिधित्व गर्नसक्नेछन् । उनले १० वर्ष अघिसम्म पहिचानसमेत नभएको समुदायले एतिका अधिकार संबैधानिक रुपमा सुनिश्चित गर्नु सामान्य कुरा नभएको बताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.