स्ववियु चुनावमा समलिंगी तेस्रोलिंगी पनि उम्मेदवार बन्न सक्छन् : विद्यार्थी नेतृ अर्पना

स्ववियु चुनावमा समलिंगी तेस्रोलिंगी पनि उम्मेदवार बन्न सक्छन् : विद्यार्थी नेतृ अर्पना

काठमाडौं (पहिचान) फागुन १६ – बिद्यार्थी नेतृ अर्पना खड्काले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समलिंगी तेस्रोलिंगी पनि उम्मेदवार बन्न सक्ने वताएकी छन् । नेपाल विद्यार्थी संघबाट पद्यमकन्या क्याम्पस स्ववियु चुनावमा सभापतिको उम्मेदवार दिने घोषणा गरेकी खड्काले समलिंगी तेस्रोलिंगी पनि स्ववियु चुनावमा उम्मेदवार बन्न सक्ने वताएकी हुन् ।

खुलेर पहिचान सहित आउनु पर्छ, स्ववियु चुनावमा हामी हाम्रो टिममा समावेश गर्न तयार छौ उनले भनिन्, नेताको ढोका घचघच्याएर मात्रै स्ववियुको टिकट पाउने परिपाटी अन्त्य गर्न म लागिरहेको छु । उनले समाजमा पुरुषत्व हावी भएकाले महिला पछाडि परिरहनु परेको वताउँदै अझ समलिंगी तेस्रोलिंगी कति पीडामा होलान अनुमान नै गर्न नसकिने वताइन ।

स्ववियु चुनावमा राजनीति भन्दा पनि शैक्षिक मुद्धा प्रमूख बनाएकी अर्पणाले घोकन्ते शिक्षाका कारण प्रमाणपत्र सिरानीमा राखेर बस्नु पर्ने अबस्था अन्त्य गर्ने शैक्षिक पाठ्यक्रम निर्माण हुनु पर्ने वताइन । उनले समलिंगी तेस्रोलिंगीको बिषय पनि पाठ्यक्रममा समावेश हुनु पर्ने र यसका लागि शिक्षकहरुले आवाज उठाउनु पर्नेमा जोड दिइन । बिद्यालयमा समलिंगी भएकै कारण अध्ययन गर्न नपाउने परिपाटीको अन्त्य हुनुपर्छ उनले भनिन्, यसका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।

उनले संविधानमा अधिकार लेखिइसकेकाले यौनिक तथा लैंगिक अल्पसंख्यक अब आफ्नो अधिकार लिन खुलेर आउनु पर्ने वताइन । समस्या घरमा, समाजमा र देशमै छ, आफ्नो समस्या नभनेसम्म अरुलाई थाहा हुँदैन अर्पनाले भनिन, पहिचान सहित खुलेर आउँदा अहिले भइरहेको विभेद, दुरव्यवहार र हिंसा केही कम गर्न मद्धत गर्छ । बिद्यार्थी नेतृ अर्पनाले पद्यमकन्या क्याम्पसलाई महिला बिश्वबिद्यालयको रुपमा विकास गर्न माग गरेको वताइन ।

उनले पार्टी नेतृत्व नेपाली काँग्रेसले शैक्षिक मुद्धा र बिद्यार्थी माझ लोकप्रियलाई स्ववियु चुनावको टिकट दिनु पर्ने वताइन । आफ्नो ढोका घचघच्याउने र चाकडी गर्नेलाई होइन उनले भनिन्, बिद्यार्थी माझ लोकप्रिय र शैक्षिक मुद्धा बोकेका बिद्यार्थीलाई स्ववियु चुनावमा टिकट दिनुपर्छ ।

अर्पनासँगको कुराकानी फागुन १७ गते बेलुकी ५ बजेपछि थाहा संचार नेटवर्क काठमाडौं, रेडियो पुर्वेली आवाज विराटनगर, दिउँसो ३ बजेपछि कृष्णसार एफ एम नेपालगंज, दिउँसो ४ बजेपछि रेडियो तरङ पोखरा,  शुक्लाफाँटा एफ एम कञ्चनपुर, रेडियो मकवानपुर हेटौडा र प्राइम एफएम बनेपाबाट सुन्न सक्नुहुन्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.