एलजीवीटीआइ बालबाबालिकाका लागि सेभ द चिल्ड्रेनको नयाँ प्रोजेक्ट

एलजीवीटीआइ बालबाबालिकाका लागि सेभ द चिल्ड्रेनको नयाँ प्रोजेक्ट

काठमाडौं (पहिचान) भदौ २६ – यौनिक तथा लैंगिक अपसंख्यकका क्षेत्रमा काम गर्दै आएको ग्लोबल फन्ड सेभ द चिल्ड्रेन परियोजनाले नेपालमा नयाँ परियोजना सुरु गर्न लागेको छ । नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले अब एलजीवीटीआइ बालबालिका पहिचान तथा उनीहरुको शैक्षिक तथा बौद्धिक विकासमा काम गर्न लागेको हो ।

’एलजीवीटीआई चिल्ड्रेनका लागि अहिले नयाँ प्रोजेक्ट सुरु गरेका छौं । यसको चारवटा बुँदा मध्ये नन डिस्क्रिमिनेसन एउटा बुँदा हो,’ नील हिरा समाजको राष्ट्रिय परामर्श बैठकको शैक्षिक प्यानलमा सेभ द चिल्ड्रेनका प्रतिनिधि मदन गोतामेले भने, ’एलजीबीटीआइ बालबालिकाको पहिचान गर्ने, उनीहरुका अधिकारको वकालत गर्ने र उनीहरुलाई समानस्तरको वातावरण निर्माण गर्ने प्रोजेक्टको लक्ष्य हो ।’ बाल क्लवमा एलजीवीटीआइ बालबालिका पहिचान गर्ने, पहिचान भएकालाई अगाडी ल्याउने र उनीहरुले गर्ने व्यवहारले समाजलाई इन्सपाएर गर्ने गोतामेले बताए ।

प्रोजेक्टले शिक्षक विद्यालय व्यवस्थापन देखि अविभावक सम्मलाई लक्षित गरेको छ । ’शिक्षकहरुलाई ओरिएन्टेसन दिने, स्कुल म्यानेजमेन्टसँग पनि अभिमुखीकरण तालिमहरु दिने र एलजीवीटीआइको स्वीकार्यता बढाउने कार्यक्रम बनाएका छौं,’ गोतामेले भने, ’त्यसमा अविभावकलाई पनि समेट्ने र एलजिवीटीआई बालबाबलिकालाई अनुकुल वातावरण बनाउने प्रोजेक्टको लक्ष्य छ ।’

नील हिरा समाजले यही भदौं २२ गते देखि २३ गतेसम्म पोखरामा राष्ट्रिय परामर्श बैठक राखेको थिया । बैठकमा सेभ द चिल्ड्रेन देखि अन्य डोनर एजेन्सीहरुको पनि सहभागिता रहेको थियो ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.