यौनिक तथा लैगिक अल्पसंख्यकबारे बुझ्न विद्यार्थीको उत्सुकता

यौनिक तथा लैगिक अल्पसंख्यकबारे बुझ्न विद्यार्थीको उत्सुकता

996
SHARES

काठमाडौं (पहिचान) कार्तिक २१ – काठमाडौं मोडल कलेजका पाँच जना विद्यार्थी इन्टर्न्शिपका लागि नील हिरा समाजमा आएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा बुझ्न इच्छुक विद्यार्थीहरुले एलजीवीटिआईका विषयमा सबैभन्दा जान्न सजिलो हुने भएकाले यो संस्था रोजेको बताए ।

पहिचानसँगको कुराकानीमा विद्यार्थीहरुले इन्टर्न्शिप सुरु गर्नुअघिको आफ्नो जिज्ञासा र आकांक्षा खुलेर सुनाए । ‘अहिले त हामी बुझ्न आएका छौं, हामीलाई त्यति धेरै केही पनि थाहा छैन,’ विद्यार्थी ममता बस्यालले भनिन, ‘तर हामी यहाँबाट जाँदै गर्दा धेरै कुरा जानेर फर्कने छौं ।’ उनले एउटा समानता भनेको आफूहरु जस्तै उनीहरु पनि मानिस भएकाले समानताको आवश्यकता रहेको बताइन । 

ममता जस्तै काठमाडौं मोडल कलेजकी अर्की विद्यार्थी कृपा कटेलले पनि त्यस्तै जिज्ञासा सुनाइन् । ‘हामी धेरै कुरा बुझेका छैनौ बाहिरबाट सुनेका मात्र छौं,’ कट्टेलले भनिन, ‘अब हामी सबै कुरा बुझेर जाने छौं ।’

अर्की विद्यार्थी रजनी काफ्लेले बाहिर देशमा विभिन्न अधिकारका कुरा सुने पनि यहाँ नसुनेको भन्दै कस्तो अवस्थामा छन् भनेर बुझ्ने प्रयत्न गरेको बताइन् ।

‘बाहिर देशहरुमा त ‘गे राइट’ ‘लेस्वियन राइट’ जस्ता अधिकारका अभियानहरु चल्ने गरेका छन,’ काफ्लेले भनिन, ‘यहाँ संविधानमा लेखिएपछि कस्तो अवस्था रहेछ भनेर जिज्ञासा मेटाउने छुँ ।’

इन्टर्न्सिपकै लागि आएकी अनामिका नेपालले सुरुमा देख्दा अनौठो लाग्ने गरेको अनुभव सुनाइन् । ‘मैले पहिले समलिंगी तेस्रोलिंगीलाई देखेकै थिएन । सुरुमा देख्दा धेरै अनौठो लाग्यो,’ नेपालले भनिन, ‘अब विस्तारै धेरै कुरा बुझ्ने छु र सबै कुरा समान्य हुने छ ।’

विद्यार्थी रोजीन पाख्रिनले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका फ्रिडम र राईटबारे बुझन आएको बताइन् । पहिला कतै नदेखेर सुरुमा देख्दा अनौठो लागेपनि उनीहरुलाई समानता आवश्यक भएको उनले बताइन् ।

समाचार शेयर गर्नुहोस्
996
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.