तेस्रोलिंगीलाई उम्मेदवार बनाएर नयाँ शक्तिले देशभरबाट ६ लाख मत प्राप्त गर्दैछ : पिंकी गुरुङ

तेस्रोलिंगीलाई उम्मेदवार बनाएर नयाँ शक्तिले देशभरबाट ६ लाख मत प्राप्त गर्दैछ : पिंकी गुरुङ

8.9k
SHARES

काठमाडौं (पहिचान) कार्तिक २५ – नयाँ शक्ति पार्टीकी केन्द्रीय सचिवालय सदस्य पिंकी गुरुङले तेस्रोलिंगीलाई उम्मेदवार बनाएकै कारण नयाँ शक्ति पार्टीले देशभरबाट ६ लाख मत प्राप्त गर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा नील हिरा समाजकी अध्यक्षसमेत रहेकी गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तर्फबाट आफू नेपालमै एकमात्र तेस्रोलिंगी उम्मेदवार भएको भन्दै अन्य सबै पार्टीमा आवद्ध तथा समलिंगी तेस्रोलिंगीप्रति सहानुभूति जनाउन सबैको भोट नयाँ शक्तिलाई प्राप्त हुने बताइन् ।

‘नयाँ शक्ति पार्टीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तर्फबाट मलाई उम्मेदवार बनाएकाले पनि करिव ६ लाख मत प्राप्त गर्दैछ,’ सचिवालय सदस्य गुरुङले भनिन, ‘म एक त तेस्रोलिंगी समुदायबाट भए यसमा सहानुभूति राख्ने सबैको मत प्राप्त हुँदैछ । त्यसबाहेक म गुरुङ समुदायबाट भएर पनि अरु धेरै मत यो पार्टीमा थपिने छ ।’ उनले आफूलाई उम्मेदवार बनाएकोमा खुशी रहेको भन्दै आफूले प्रतिनिधित्व पाएर संसदमा जान सके थप खुशी हुने भए पनि प्रतिनिधित्व नपाएमा पनि दुःखी नबन्ने बताइन् ।

‘सिफारिसमा परेकोमा म खुशी छु तर पाउनै पर्छ भन्ने मान्यता राखेर हिडेकी छैन,’ गुरुङले भनिन, ‘यदी यसपटक म संसदमा परिन भने पनि पार्टीमा निरन्तर काम गर्ने छु ।’

गुरुङ प्रतिनिधिसभाको समानुपातिक तर्फ पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचिको ६ नम्बरमा छिन ।

नील हिरा समाजकी अध्यक्ष समेत रहेकी गुरुङसँगको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोला

समाचार शेयर गर्नुहोस्
8.9k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.