एड्स दिवसका अवसरमा एचआइभी परिक्षण देखि जनचेतना मुलक कार्यक्रम संचालन

एड्स दिवसका अवसरमा एचआइभी परिक्षण देखि जनचेतना मुलक कार्यक्रम संचालन

काठमाडौं (पहिचान) मंसिर १५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । समाजको केन्द्रीय कार्यालयमा एड्स लागेर मृत्यु भएका समुदायको सम्झनामा मैनवत्ती बालेर समुदायका सदस्यले एड्स दिवस मनाएका छन् ।

तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले समलिंगी तेस्रोलिंगीमा पछिल्लो समय एचआइभी संक्रमणको दर घटेको वताए । उनले एचआइभी संक्रमणको दर शुन्यमा झार्नु पर्नेमा जोड दिए । हरेक बर्ष डिसेम्वर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिएको छ । समाजले दिवसको अवसरमा निशुल्क एचआइभी परिक्षण समेत गरेको छ । 

दिवसको अवसरमा परिचय समाजले ललितपुरको लगनखेलमा जिल्ला जनस्वास्थ्य कार्यलयको सहकार्यमा जनचेतना मुलक सन्देश दिन स्टल राखिएको परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जनकुमार बैद्यले जानकारी दिएका छन् । यस्तै दिवसको अवसरमा तेस्रोलिंगी अधिकारकर्मी आनिक राना नेतृत्वमा रुपन्देहीका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई जनेचेतना मुलक सन्देश प्रवाह गरिएको रानाले जानकारी दिइन ।

नील हिरा समाजका देशका विभिन्न जिल्लामा रहेका शाखा कार्यलयहरुले एचआइभी संक्रमणलाई शुन्यमा झार्नका लागि सुरक्षित यौन सम्पर्क गर्नुपर्ने सन्देश दिएर एड्स दिवस मनाएका छन् । दिवसको अवसरमा कैलालीको धनगढीमा ¥याली निकालिएको छ । विश्व एड्स दिवसमा विभिन्न क्याम्पसका विद्मार्थी शिक्षक र संस्थाहरुको सहभागी रहेको पहिचान सहकर्मी राज चौधरीले जनाएकी छन ।

एआरटीका लोक राज पनेरुले एड्स बचाउ र बचाउ एचआईभी संक्रमीतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र उहाँहरुलाई सहयोग गर्न अग्रह गरे ।
नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाजका संयोजक राजु लामाले कोण सभामा समलिंगी तेस्रोलिंगीका बारेमा जनाकारी दिदैं समाजमा समलिंगी व्यवहारबाट एच आइ भीको वढी जोखिम रहेको भन्ने वारेमा जानकारी नहुदा अझै वढी एच आइ भी संक्रमण भएको वताए । त्यसैले यो वारे सचेत गराउन जरुरी रहेको उनको भनाई छ ।

मोरङबाट पहिचान सहिकर्मी बलराम चौधरीका अनुसार दिवसको अवसरमा विराटनगरमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम भएको छ ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.