दिदीको साइनो जोडेर कोठामा गएका एक युवाद्धारा ज्यान मार्ने प्रयास (भिडियो सहित)

दिदीको साइनो जोडेर कोठामा गएका एक युवाद्धारा ज्यान मार्ने प्रयास (भिडियो सहित)

edf

काठमाडौं (पहिचान) पुस ७ – तेस्रोलिंगी ज्ञानु लामाको गएराती आफ्नै कोठमा ज्यान मार्ने प्रयास भएको छ । दिदी दिदी भन्दै फोन गरेर बास बस्न गएका खोटाङका मनोज पाण्डेले ज्ञानुको ज्यान मार्ने प्रयास गरेका हुन् । मनोज पहिला विदेशबाट आएका एक जना दाईसँग ज्ञानुको कोठामा गएका थिए । कोटेश्वर बस्ने मनोज हिजो बिहिवार फोन गरेर एक्लै ज्ञानुको कोठामा गएका थिए ।

“फोन गरेर दिदी दिदी म आउछु भन्यो ज्ञानुले भनिन, आइज न त भनेर बोलाए ।” उनले खाना खुवाएर सुतिसकेपछि शौचालय जान्छु भनेको मनोजले एक्कासी टाउकोमा आक्रमण गरेको ज्ञानुले वताइन ।

“मलाई मार्ने भनेरै आएको रहेछ ज्ञानुले भनिन, उसको हात टोकेर म ढोका खोलेर हार गुहार नगरेको भए म मरिसक्थे होला ।” तेस्रोलिंगी ज्ञानुले हारगुहार गरेपछि घरधनी सुनिता लामा, त्यही घरमा बस्ने पार्वती विक लगायतले प्रहरीलाई बोलाए । मनोज भाग्ला भनेर उनीहरुले वाहिरबाट चुकुल लगाएको र प्रहरी आएपछि ढोका खोलेर प्रहरीको जिम्मा लगाएको पार्वतीले वताइन ।

“ज्ञानुलाई मार्ने रहेछ पार्वतीले भनिन, मध्य निन्द्रामा ज्ञानुले गुहार गुहार भनेपछि पुलिस बोलायौ र मनोजलाई जिम्मा लगायौ ।” ज्ञानुको अवस्था नाजुक देखेपछि प्रहरी चौकी कपनको भ्यानमा प्रहरीले मेडिकेयर लगेको थियो । मेडिकेयरले उपचार गर्न नसक्ने वताएपछि ओम अस्पताल लगियो तर त्यहाँ पनि उपचार गर्न नसक्ने वताएपछि ज्ञानुलाई विर अस्पतालको ट्रमा सेन्टरमा लगेर अहिले उपचार भइरहेको छ ।

ज्ञानुको टाउकोमा ११ वटा भन्दा धेरै टाँका लगाइएको छ भने आँखा सुन्निएको छ । प्रहरी चौकी कपनको हिरासतमा रहेका मनोजले आफूले सिलौटाले ज्ञानुलाई हानेको स्वीकार गरेका छन् । के कारणले ज्ञानुलाई सिलौटाले हिर्काएको हो भन्ने चाही मनोजले वताएका छैनन ।

समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायको मातृ संस्था नील हिरा समाजले ज्ञानुलाई निर्घात कुटपिट गर्ने मनोजलाई कारवाही गर्न माग गर्दै प्रहरी चौकी कपनमा उजुरी दिएको छ । तेस्रोलिंगी ज्ञानुका परिवार र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले कुटपिटमा संलग्नलाई कारवाही गर्न र उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न माग गरेका छन् ।

तेस्रोलिंगी ज्ञानु स्पष्ट र अन्याय नसहने स्वभावकी रहेको घरधनी सुनिता लामाले वताइन । ज्ञानु सुनिताको घरमा १९ बर्षदेखि भाडामा बस्दै आएकी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.