मिष्टर गे हेन्डसममा सहभागी हुनु मेरो पहिलो स्टेप हो : मानव तामाङ

मिष्टर गे हेन्डसममा सहभागी हुनु मेरो पहिलो स्टेप हो : मानव तामाङ

काठमाडौं (पहिचान) पुस २४ – मिष्टर गे हेन्डसममा कन्जिनियालिटीको उपाधी विजेता मानव तामाङले समलिंगी विवाहको कानुन लेख्न समुदायकै व्यक्ति नेतृत्व तहमा पुग्नु पर्ने वताएका छन् । पहिचानसँगको कुराकानीमा तामाङले कानुन बनाउने ठाउँमा समुदायका व्यक्ति नपुगे सम्म अरुले समुदायको पीडा बुझेर कानुन नबनाउने वताए ।

“जबसम्म कानुन बनाउने ठाउँमा हामी जस्तो मान्छे पुग्दैनौ तब सम्म हाम्रो पीडालाई बुझेर उनीहरुले कानुनमा लेख्न सक्दैनन । त्यसैले कानुन बनाउने ठाउँमा समुदायको प्रतिनिधित्व हुनु आवश्यक छ ।” उनले संविधानमा लेखिएको अधिकार व्यवहारमा लागू हुन नसकेको वताए । विवाहको मान्यता नभएका कारण ९५ प्रतिशत समलिंगी तेस्रोलिंगी विपरितलिंगीसँग विवाह गर्न बाध्य हुनु परेको उनले वताए ।

विवाहको कानुन नबन्दा समलिंगी तेस्रोलिंगी व्यक्तिको मल्टिपार्टनर हुने गरेको उनको भनाई छ । एक दर्जन म्युजिक भिडियोमा अभिनय समेत गरेका तामाङले विदेशी पार्टनरसँग विवाह गर्ने इच्छा रहेको सुनाए । “तर, नेपालमा कानुन नबन्दा अहिलेसम्म विवाह गर्न सकेको छैन” उनले भने । आफ्नो

पार्टनर समलिंगी पुरुष नै भएको र उनीसँगको सल्लाह अनुसारनै मिष्टर गे हेन्डसममा सहभागी भएको तामाङले वताए । उनले मिष्टर गे हेन्डसमले खुल्ने साहस दिएको वताए ।

“मैले ५ कक्षा पढ्दा देखिनै आफ्नो लैंगिक पहिचान थाहा पाएको हुँ, तर घर परिवार र समाजको विभेद र लाञ्छनाका कारण खुल्न सकेको थिइन उनले भने, मेरो लागि मिष्टर गे हेन्डसम खुलेर आउने प्लेटफर्म बन्यो ।” उनले ३ बर्षदेखि नील हिरा समाजको नियमित सम्र्पकमा रहेर पनि खुल्न नसकेको वताए ।

“मिष्टर गे हेन्डसममा सहभागी हुन समाजकी अध्यक्ष पिंकी गुरुङले आग्रह गर्नुभयो, मैले मेरो पार्टनरसँग सल्लाह गरे तामाङले भने, मिष्टर गे हेन्डसममा सहभागी हुनु पहिलो स्टेप हो, विस्तारै घर परिवारले पनि स्वीकार्छ भन्ने विश्वास छ ।” उनले घर परिवारमा अहिलेसम्म समलिंगी पुरुष हो भनेर पहिचान नदिएको सुनाए । घर परिवारलाई आफू समलिंगी पुरुष भएको पहिचान दिएर स्वीकार्ने वातावरण बनाउने साहस आएको तामाङको भनाई छ ।

उनले सामाजिक सञ्जालका कारण पनि धेरै पार्टनर खोज्न सजिलो भएको वताए । नील हिरा समाजको सहयोगकै कारण खुलेर आउने वतावारण बनेको वताउँदै समाजको डरका कारण खुलेर नआउँदा आफै डिप्रेसनमा गएको वताए । “लैंगिक पहिचान थाहा पाइसकेपछि पनि म डिप्रेसनमा गइसकेको थिए उनले भने साहस गरेर वाहिर आउनुहोस सँगै मिलेर अगाडि बढौ ।” उनले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी व्यक्तिलाई रोजगारीमा आरक्षणको व्यवस्था गर्न राज्यसँग माग समेत गरे ।
मानव तामाङसँगको कुराकानी सुन्न यहाँ क्लिक गर्नु होला

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.