सेती अञ्चल अस्पतालका चिकित्सकलाई एक दिने अभिमुखिकरण

सेती अञ्चल अस्पतालका चिकित्सकलाई एक दिने अभिमुखिकरण

725
SHARES

राज चौधरी/कैलाली (पहिचान) माघ १२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे चिकित्सकलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चि समाजको आयोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा सेती अञ्चल अस्पतालका चिकित्सकलाई एक दिने अभिमुखिकरण कार्यक्रमम गरिएको हो ।

समाजका उपाध्यक्ष करुणा नेपालले डाक्टरहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा जानकारी गराइन । उनले एचआईभी संक्रमित तेस्रोलिंगीले एआरटी सेवन संग संगै हर्मोन पनि लिई रहेको बताईन् । नेपालले एआरटी र हर्मोन सेवन गर्दा कस्तो प्रकारको समस्या आउछ भनेर जिज्ञासा राखिन । आफुहरु आफ्नो शरिर महिलाको जस्तो बन्नको लागि सुनाउलो गुलाब, पिल्स र हद्रोक सेल जस्ता हर्मोन प्रयोग गर्दाको समस्याको बारेमा उनले जिज्ञासा राखेकी हुन् ।

डाक्टर आशिका सिंह र कृष्ण ऐरले अहिले सम्म यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा नबुझेको र यो समुदायले पनि यस्तो प्रकारको जोखिम झेली रहेकोमा दुख व्यक्त गरे । उनीहरुले यो समुदायलाई आफ्नो समस्या नडराइ, नहिचकीचई खुलेर भन्न आग्रह गरे ।

एआरटी फोकल पर्सन लोकराज पनेरुले तेस्रोलिंगी समुदायका व्यक्तिले एआरटी लिई रहेको बताए । उनले तेस्रोलिंगी हुँ नभनेकै कारण समस्या पहिचान गर्न अप्ठेरो भएको वताए । “यो समुदायले म तेस्रोलिंगी व्यक्ति हु भनेको भए हामी पनि खुलेर भन्थ्यौ पनेरुले भने, यति जना समलिंगी तेस्रोलिंगीले हाम्रो एआरटीबाट सेवा लिएको बताउन सक्थ्यौ ।” पनेरुले समलिंगी तेस्रोलिंगी जब सम्म खुलेर आउदैनन तब सम्म कुनै पनि समस्याको हल नहुने बताए ।

समाचार शेयर गर्नुहोस्
725
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.