“यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पाठ्यक्रममा समावेश हुँदै जान्छन्”

“यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पाठ्यक्रममा समावेश हुँदै जान्छन्”

838
SHARES

भक्तपुर (पहिचान) फागुन २ – पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्णप्रसाद काप्रीले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पाठ्यक्रममा समयसापेक्ष समावेश हुँदै जाने बताएका छन् । कतिपय विषय समाजको परिवर्तसँग गाँसिएर आउने भन्दै उनले समय सापेक्ष पाठ्यक्रमले परिवर्तित समयलाई संबोधन गर्दै जाने बताए ।

“समाजका अन्य पक्षहरु जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पनि पाठ्यक्रममा समावेश हुँदै जान्छन्,” निर्देशक काप्रीले भने, “कतिपय परिमार्जन गर्नुपर्ने विषय परिमार्जन पनि हुँदै जान्छन् ।”

कक्षा ९ र १० को स्वास्थ्य तथा शारीरिक शिक्षामा समलिंगी तेस्रोलिंगीको विषयलाई परिमार्जित नयाँ पाठ्यक्रमले समावेश गर्छ भन्ने जिज्ञासामा ठोष उत्तर दिन नसके पनि निर्देशक काप्रीले पाठ्यक्रम विकास केन्द्र पनि समाजकै एक अंग भएको भन्दै परिवर्तन गर्नु पर्ने कुरा परिमार्जन हुँदै जाने र थप गर्नु पर्ने कुरा थपिने बताए ।
संविधानले संबोधन गरेका कुरा पाठ्यक्रमले पनि संबोधन गर्ने भन्दै काप्रीले भने, “संविधानले संबोधन गरेका कुराहरु विस्तारै पाठ्यक्रममा पनि लिंक भएर आउँछ । कतिपय कुरा प्राथमिकताका आधारमा पनि समावेश गर्दै जानुपर्ने हुन्छ ।”

कतिपय पाठ्य पुस्तकमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नपुंसक भनेर लेखिएको छ, परिर्माजित पाठ्यक्रममा यो हट्छ भन्ने प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिएनन् । भने, “संविधानले संबोधन गरेका कुराहरु पाठ्यक्रम विकास केन्द्र पनि समाजकै अंग भएकाले त्यसको प्रभाव पाठ्यक्रममा पनि देखिन्छ । संविधानले निर्दिष्ट गर्दै गरेका कुराहरु समावेश हुँदै जान्छन् ।”

समाजको बुझाई, स्तर र स्कुलिङ अनुसार कतिपय विषय समावेश भएको भन्दै निर्देशक काप्रीले विज्ञहरुको सुझावका आधारमा परिमार्जन हुँदै जाने स्पष्ट पारे ।
कक्षा ६, ७ र ८ को स्वास्थ्य तथा शारीरिक शिक्षामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषय समावेश गरेको छ । तर, स्पष्ट रुपमा भने उल्लेख गरेको छैन ।

समाचार शेयर गर्नुहोस्
838
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.