समलिंगी तेस्रोलिंगी हुँ कि जस्तो लागे खुलेर आउन बिद्यार्थीलाई सुझाव

समलिंगी तेस्रोलिंगी हुँ कि जस्तो लागे खुलेर आउन बिद्यार्थीलाई सुझाव

रुपन्देही (पहिचान) फागुन १३—आफुले सम्मान पाउनुछ भने पहिला अरुलाई सम्मान गर्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । नील हिरा समाज रुपन्देहीले आयोजना गरेको यौन, यौनिकता र लैंगिकता सम्बन्धि बिद्यार्थीहरुसंगको अन्तरक्रिया कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।

ईनभारमेन्ट उच्च माध्यामिक विद्यालय मणिग्रामका प्रचार्य मधु प्रकाश ज्ञावालीले रुपन्देहीमा मात्रै नभई देशै भरीका माध्यामिक तह देखी उच्च माध्यामिक तह सम्मका विद्यार्थिहरुले यौन, यौनिकता र लैंगिकताको विषयमा अध्ययन गर्नुपर्ने बताए ।

प्रचार्य ज्ञावालीले यस्ता खालका कार्यक्रम नील हिरा समाजले हरेक विद्यालयमा गर्नुपर्ने बताए । विद्यार्थीहरुलाई भन्दा पहिला शिक्षक शिक्षिकाहरुलाई यौन, यौनिकता र लैंगिकता सम्बन्धी तालिम लिन जरुरी रहेको प्रचार्य ज्ञावालीको भनाई छ ।

कार्यक्रममा नील हिरा समाज रुपन्देहीकी तेस्रोलिंगी मानवअधिकारकर्मी एवं बुद्ध टेलिभिजन बुटवलकी परिवर्तन कार्यक्रम संचालिका आनिक रानाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भनेको के हो ?यो समुदाय समाजमा कसरी पछाडी परेको छ र यो समुदायको पहिचान के हो यिनिहरुले आफ्नो अधिकारको आवाज कसरी उठाईरहेका छन् भन्ने विषयमा जानकारी दिइन ।

ईनभारमेन्ट उच्च माध्यामिक विद्मालयका विद्यार्थिहरुमा कहि कतै समलिंगी तेस्रोलिंगी भएको अनुभूती भएमा खुलेर अगाडि आउन समेत रानाले सुझाव दिइन । कार्यक्रममा मानव अधिकार कर्मी सुमन चेपाङ्ग, सन्चारकर्मी विनोद वि.सी.का साथै करिव सय जना विद्यार्थिहरु संगै शिक्षक शिक्षिकाको पनि सहभागीता थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.