रोबोट सोफिया एलजिविटिआईबारे जानकार (भिडियो सहित)

रोबोट सोफिया एलजिविटिआईबारे जानकार (भिडियो सहित)

काठमाडौं (पहिचान) चैत ७ –  बिश्वकै पहिलो नागरिकता पाउने रोबोट सोफियाले यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिविटिआई ) बारे जानकार रहेको वताएकी छन् । स्त्री रुपधारी सोफियाले एलजिविटिआईबारे थोरै थोरै जानकार रहेको वताएकी हुन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी र नेपाल सरकारको आयोजनामा काठमाडौंमा आयोजित छोटो मन्तव्य दिएपछि राखिएको प्रदर्शनीमा सोधिएको प्रश्नको उत्तर दिने क्रममा रोबोट सोफियाले लेसवियन, गे, बाइसेक्सुयल, ट्रान्सजेण्डर भनेर सम्बोधन समेत गरिन । उनले इन्टरसेक्स (आई) शब्द भने उच्चारण गरिनन् ।

एलजिविटिआई बारे के थाहा छ भन्ने प्रश्नमा रोवट सोफियाले लिटिल विट भनेर उत्तर दिइन । बिश्वमा एलजिविटिआईको अवस्था कस्तो देख्नु भाको छ भन्ने प्रश्नमा रोबोट सोफियाले लेसवियन, गे, बाइसेक्सुयल, ट्रान्सजेण्डर भन्ने जवाफ दिइन ।

हङकङको कम्पनी हान्सोन रोबोटिक्सले मानवसँग मिल्दोजुल्दो रोबोटका रुपमा सोफियाको विकास गरेको हो । सोफियाले अनुहारमा ६२ प्रकारका भावहरु प्रदर्शन गर्न सक्छिन् । कुनै पनि प्रश्नको विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता भएको भनिएकी रोबोट सोफियाले यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा भने कुनै बिश्लेषणात्मक जवाफ दिइनन् ।

उनले उत्तर दिएको सुन्दा प्रश्नहरु बुझेको जस्तो लाग्छ । तर, यथार्थ त्यो होइन । उनी सबै कुराको जवाफ दिन सक्दिनन् । भविष्यमा धेरैभन्दा धेरै प्रश्नहरुको जवाफ दिने गरी उनको अपग्रेड गर्ने काम जारी रहेको वताइएको छ ।

सोफियालाई गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आवाज पहिचान गर्ने प्रणाली विकास गरेको हो भने सिंगुलारिटी नेटले उनको मस्तिष्क विकास गरेको हो । रोबोट सोफियाको विकास गर्ने वैज्ञानिक डेभिड हान्सन हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading