“किन गंगालाई पूजा गर्छन् मान्छे नगरे भयो नि ”

“किन गंगालाई पूजा गर्छन् मान्छे नगरे भयो नि ”

काठमाडौं (पहिचान) चैत्र २८ – डा. रिर्सव रेसुले समलिंगी सम्बन्धलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । धार्मिक तथा पौराणीक कालखण्डदेखि अस्तित्वमा रहेको भन्दै उनले समलिंगी तेस्रोलिंगीलाई समान ब्यबहार गरिनुपर्नेमा जोड दिए ।

गंगालाई पृथ्वी मा ल्याउने भागिरथकाे जन्म पनि दुई स्त्रीकाे सहवाश ले भएकाे थियाे । उनले भने, अहिले समलिंगी सम्बन्धलाई अस्वीकार गर्ने हो भने गंगा पनि अपवित्र भइन् किन गंगालाई पूजा गर्छन् मान्छे नगरे भयो नि ।”

डा.रिर्सव रेसु सँग थुप्रै उदाहरण छन् उनी अर्जुन र शिखण्डीको पनि कुरा झिक्छन् र तेस्रोलिंगी र समलिंगी सम्बन्धलाई नकारात्मक रुपमा हेरिनुको कारण खोज्छन् । अर्जुनले आफूलाई एकवर्षका लागि तृतिय प्रकृतिको ब्यक्ति बनाइदिन आग्रह गरेको भन्दै त्यही आग्रह अनुसार उनी एक वर्षका लागि बृहन्नला भएको डा. रिर्सव रेसु बताउँछन् । बृहन्नला भएका अर्जुन एक वर्ष राजकुमारीलाई नृत्य सिकाएर बसे । यसको अर्थ पौराणीक काख खण्डमा समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष सरह मानिन्थ्यो ।

“शिखण्डी सबैले सुनेको नाम हो । पुरुषका रुपमा जन्मिएका उनले पछि महिलाको रुप धारण गरे र महिलासँगै विवाह गरे । यसको अर्थ पनि त्यो बेला समलिंगी तथा तेस्रोलिंगी सम्बन्धलाई सहज रुपमा लिइन्छ भन्ने हो,” पौराणीक कालखण्डमा तेस्रोलिंगीलाई सहजै रुपमा लिने गरेको भन्दै रिर्सव रेसु भन्छन्, “यो त पौरणीक समयको कुरा, ऋगबेदले ब्रमाण्डमा अस्तित्वमा रहेका सबै चिजलाई प्राकृतिक भनेका छन् अहिले यहाँ समलिंगी तेस्रोलिंगीलाई अप्राकृतिक भनिन्छ किन ?”

महिला पुरुष सरह सबै नागरिक समान रहेको भन्दै उनी फरक पहिचानकै कारण विभेद गरिनु नहुने बताउँछन् । यौनिकताकै आधारमा विभेद गरिनु मानवअधिकार बिरोधी कार्य भएको भन्दै उनी राज्यका नजरमा सबै ब्यक्ति समान हुनुपर्ने धारणा राख्छन् ।

महादेव पनि अर्ध नारेश्वर रहेको भन्दै उनी भगवान विष्णुले पनि महिलाको रुप धारण गरेर राक्षसहरुलाई मोह जालमा पारेको पौराणीक कथाबाट पनि समलिंगी तेस्रोलिंगी प्राचिन कालखण्डदेखि नै रहेको बताउँछन् ।

प्राचिन धर्म विज्ञानमा विद्यावारिधी गरेका डाक्टर रेसुको किताव नयाँ बर्ष २०७५ को बैशाख महिनामै विमोचन हुँदैछ । उनको कितावमा प्राचिन धर्म विज्ञान र आधुनिक धर्म विज्ञानबारे अनुशन्धान मुलक सामग्री पढ्न पाइन्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.