स्रोत थोरै, काम धेरै : अध्यक्ष गुरुङ

स्रोत थोरै, काम धेरै : अध्यक्ष गुरुङ

काठमाडौं (पहिचान) बैशाख २१ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले एचआइभी रोकथाम तथा उपचार सेवाका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेकी छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको सहयोगमा चालु आर्थिक बर्षको असार मसान्तसम्म संचालन हुने कार्यक्रममा अध्यक्ष गुरुङले एचआइभी रोकथाम तथा उपचार सेवालाई निरन्तरता दिन आग्रह गरेकी हुन् ।

“स्रोत थोरै छ, त्यो पनि नियमित हुन्छ हुदैन ग्यारेन्टी छैन अध्यक्ष गुरुङले भनिन, कार्यक्रमलाई निरन्तरता दिन राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रलाई आग्रह छ ।” उनले तीन महिने कार्यक्रम गरेर मात्रै नहुने भन्दै अगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमित यौनिक तथा लैंगिक अल्पसंख्यक दोहोरो लाञ्छना र विभेद भोग्न बाध्य भएको वताए । एचआइभी संक्रमित समुदायका सदस्यलाई सेवा दिने स्वास्थ्य सेवा प्रदायकहरु सचेत हुनु पर्ने उनीको सुझाव छ । विवरण चुस्त दुरुस्त राख्ने, एक अर्कामा समन्वयन हुनुपर्ने, संक्रमितको सूचना गोप्य राख्नुपर्ने, समाजमा रहेको विभेद अन्त्यका लागि संचारमाध्यममा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागीहरुको सुझाव छ ।

नील हिरा समाजले केन्द्रको सहयोगमा यसअघि कण्डम वितरण गरेर एचआइभी संक्रमण हुनबाट जोगिने चेतना मुलक कार्यक्रम संचालन गर्दै आएकोमा अव केन्द्रकै सहयोगमा संक्रमितलाई समाजमा सहज वातावरण बनाउने, लाञ्छना तथा भेदभाव निरुत्साहित गर्ने र कानुनी उपचारको पहुँचसम्म पुर्याउने कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रम एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीका लागि सेभ द चिल्ड्रेनको ग्लोवल फण्ड अन्तर्गत कार्यक्रम संचालन भएका जिल्ला र अन्य केही जिल्लामा संचालन हुने नील हिरा समाजले जनाएको छ ।

कार्यक्रममा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले मे १७ मा समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन लागेको जानकारी दिइन । उनले दिवसका दिन मिस पिंक प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै उपस्थितिका लागि राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रलाई निम्तो पनि दिइन । दिवसका अवसरमा तेस्रोलिंगीको पीडा समेटिएको जिउँदो आकाश नामक नाटक मे १४, १५ र १६ तारिखमा सर्वनाम थिएटरमा मंचन हुने जानकारी पनि दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.