राष्ट्र संघ भवन पुल्चोकमा सप्तरंगी झण्डा फहराइयो

राष्ट्र संघ भवन पुल्चोकमा सप्तरंगी झण्डा फहराइयो

bty

ललितपुर (पहिचान) जेठ ३ – संयुक्त राष्ट्र संघको नेपाल कार्यालयले यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सप्तरंगी झण्डा फहराएको छ । राष्ट्र संघको नेपाल कार्यालयमा दोस्रो पटक सप्तरंगी झण्डा फहराइएको हो । अन्तराष्ट्रिय रुपमा सप्तरंगीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक चिनाउने रंगका रुपमा लिने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् १९९० मा समलिंगी तेस्रोलिंगी अन्तरलिंगी र दुईलिंगीलाई मानसिक रोगबाट हटाएको खुशीयालीमा यो दिवस मनाउने गरिएको छ । नेपालमा नील हिरा समाजले सन् २००४ देखि यो दिवस मनाउन थालेको हो । अहिले समाजसँगै समलिंगी महिला, तेस्रोलिंगी पुरुष र दुईलिंगी महिलाको पहिचान र अधिकारका लागि काम गर्ने मितिनी नेपालले पनि यो दिवस मनाउने गरेको छ ।

संयुक्त राष्ट्र संघको नेपाल कार्यालयमा भएको कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघकी महिला प्रतिनिधि वेनी कुसुमाले नेपाल यौनिक तथा लैंगिक अल्पसंख्यकको लैंगिक पहिचानका लागि उदार रहेको वताइन । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भेन्डलएरले नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेपनि समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीले अझै पनि भेदभावको सामना गर्नु परिरहेको वताए । उनले रोजगार, स्वास्थ्य, हेरविचार शिक्षामा यो समुदायका व्यक्तिले पूर्वाग्रहको समेत सामना गर्नु परेको वताए ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संविधानमा अधिकार लेखिएपनि कार्यान्वयन पक्ष कमजोर रहेको वताइन । उनले सर्वोच्च अदालतले नाम सच्याएर नागरिकता, शैक्षिक प्रमाण पत्र लिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएपनि सरकारले वेवास्ता गरेको वताइन । उनले अझै पनि पहिचानका लागि लड्नु परिरहेको छ भनिन् ।

मितिनी नेपालकी संस्थापक लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई स्वतन्त्र पूर्वक बाच्न पाउने अधिकारबाट बञ्चित गरिएको वताइन । उनले महिला पुरुष सरह यो समुदायका व्यक्तिलाई नीति निर्माण तहमा समावेश गर्नका लागि आरक्षणको व्यवस्था गर्नु पर्ने वताइन । यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा नील हिरा समाजले काठमाडौंको राष्ट्रिय नाँचघरमा मिस पिंक कार्यक्रमको आयोजना गर्दैछ ।

bty
bdr
bty
bty
bty
bty
bdr
bty
bty
bty
bty
bty
bdr

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.