समलिंगीलाई विवाह गर्ने अधिकार छैन ?

समलिंगीलाई विवाह गर्ने अधिकार छैन ?

bty

ललितपुर (पहिचान) जेठ ३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकले अझै पनि जन्मसिद्ध अधिकारबाट बञ्चित हुनु परेको बताएका छन् । एलायन्स फर सोलिडारिटी भन्ने नाराका साथ मितिनी नेपालको आयोजनामा भएको यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको दिवस कार्यक्रममा सहभागीहरुले जन्मसिद्ध अधिकारबाट बञ्चित हुनु परेको वताएका हुन् ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संविधानमा अधिकार लेखिएकोमा भाग्यमानी ठान्नु पर्ने वताइन । धेरै देशमा समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी घृणा विरुद्धको दिवस मनाउन पाइरहेका छैनन् उनले भनिन्, यसका लागि राज्यलाई धन्यवाद दिनुपर्छ । तर, संविधानमा लेखिएको अधिकार कार्यान्वयन पक्ष भने कमजोर रहेको कार्यकारी निर्देशक ढकालले वताइन ।

“यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नाम परिवर्तन गरेर नागरिकता दिन सर्वोच्च अदालतले दिएको आदेश पनि कार्यान्वयन भइरहेको छैन उनले भनिन, सरकार किन आफ्नो समुदायको मुद्धलाई नजरअन्दाज गरिरहेको छ ।”

नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले के हामी जस्ता समलिंगीलाई विवाह गर्ने अधिकार छैन ? के हामी मानव होइनौ भनेर प्रश्न गरे । उनले समलिंगी विवाहबारेको प्रतिवेदन अनुसार कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए । “लुकेर नबसौ, खुलेर आउनु पर्छ शर्माले भने, समस्या समाधानका लागि सबैले बोलिदिनु पर्छ ।”

नील हिरा समाजमै कार्यरत अन्तरलिंगी अधिकारकर्मी इशान रेग्मीले सुरुमा संसारमा आफू मात्रै एक्लो अन्तरलिंगी रहेको र कतिपटक त आत्महत्या गरौ जस्तो समेत भएको सुनाए । उनले नील हिरा समाजमा आवद्ध भएपछि अन्तरलिंगीका बारेमा अध्ययन गरेर अहिले सगठित अधिकार प्राप्तिका लागि काम गरिरहेको वताए । “जन्मदा छोरी र हुर्कदै बढ्दै जाँदा छोरा भए उनले भने, आफ्नो लैंगिक पहिचानकै कारण लोकसेवा आयोग र शिक्षक सेवा आयोगमा नक्कली परिक्षार्थीको आरोप लागेर परिक्षा नै दिन पाइन ।”

तेस्रोलिंगी पुरुष नट्टु शाहले भने आफू छोरी भएर जन्मेको र छोरीसँगै विवाह गर्ने मन भएको वताए । उनले अरुको भन्दा आफ्नो जीवन धेरै फरक भएको वताए । गायक एवं संचारकर्मी समेत रहेका शाहले परिवारले नै आफ्नो पहिचान स्वीकारेकाले कसैसँग डर त्रास नरहेको सुनाए । मितिनी नेपालकी महासचिव सरिता केसीले सबैलाई चिनाउने नै आफूहरुको पहिलो एजेण्डा भएको वताइन । उनले सबैको साथ सहयोगले यहाँसम्म आएको र भोलीपनि सबैको साथ सहयोग पाइरहने विश्वास व्यक्त गरिन् । मितिनी नेपालकी अवान्तिका थापाले लैंगिक मैत्री वातावरण बनाउने अभियान जारी रहेको वताइन । उनले समलिंगी विवाहलाई मान्यता दिनु पर्ने माग पनि गरिन् ।

bty
bdr
bty
bty
bty
bty
bdr
bty
bty
bty
bty
bty
bty

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.