निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निशुल्क सेक्सचेञ्ज गर्न पाउनु पर्ने माग

निशुल्क सेक्सचेञ्ज गर्न पाउनु पर्ने माग

970
SHARES

कैलाली (पहिचान) जेठ ३० – प्रदेश नम्वर ७ का यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले आफ्नो समुदायका लागि बजेट विनियोजन गर्नु पर्ने माग गरेका छन् । प्रदेश नम्वर ७ को धनगढीमा फेथ नामक संस्थाले गरेको कार्यक्रममा समुदायका व्यक्तिहरुले स्थानीय सरकारले आफ्नो समुदायका लागि बजेट विनियोजन गर्न माग गरेका हुन् । “महिला पुरुष सरह सम्मान गर्नुपर्छ कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले भने, हामी पनि यही समाजका अभिन्न अंग हौ ।”

कार्यक्रममा तेस्रोलिंगी पुरुषले प्रजनन स्वास्थ्यमा आउने समस्या रोक्न निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेका थिए भने तेस्रोलिंगी महिलाले आवश्यक परे निशुल्क (सरकारको सहयोगमा) सेक्स चेञ्ज गर्न पाउनु पर्ने (लिंग परिवर्तन) माग गरे । उनीहरुले सेक्सचेन्ज सेवाका लागि राज्यबाटै निशुल्क व्यवस्था गर्नु पर्ने माग पनि गरे ।

अधिवक्ता रन्जु ठाकुरले तेस्रोलिंगी पनि अरु वर्ग समुदायका व्यक्ति जस्तै समान भएको बताउँदै यो समुदायलाई घृणा हैन सम्मान गर्नु जरुरी रहेको बताइन ।

समाचार शेयर गर्नुहोस्
970
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.