मेडिकल कलेज रानीमा तेस्रोलिंगीलाई विभेद नगरिने

मेडिकल कलेज रानीमा तेस्रोलिंगीलाई विभेद नगरिने

रुपन्देही (पहिचान) असार १२ – मेडिकल कलेज रानी गाउँ भैरहवाका म्याट्रोन प्रमुख बिष्णु गुरुङ्गले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय आफ्नो पहिचान खुलाएर हरेक क्षेत्रमा अधिकारका लागी आवाज उठाउनु पर्ने बताएका छन् ।

नील हिरा समाज भैरहवाको आयोजना तथा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र काठमाडौंको सहकार्यमा भएको स्थानीय स्वास्थ्य सेवा प्रदायकसँग अभिमुखीकरण कार्यक्रममा उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान अनुुसारको नागरिकता प्राप्त गरिसकेको अवस्थामा नेपाल सरकारका हरेक निकायमा प्रवेश पाउनु पर्ने बताए ।

उनले भने, “शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न संघ संस्थाका फारममा महिला पुरुष मात्र नभएर अन्य पनि उल्लेख गर्नुपर्छ । यसका लागि म आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नेछु । तर मैलेभन्दा पनि यसका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय आफैले मुख्य भुमिका खेल्नुपर्नेछ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि महिला पुरुष सरह नै नागरिक भएको र उनिहरुले पनि अन्य मानव सरहको अधिकार पाउनुपर्ने उनको भनाइ थियो । उनले आफू कार्यरत मेडिकल कलेजमा आउँदा दिनमा समलिंगी तथा तेस्रोलिंगी समुदाय माथि विभेद नहुने खालको सेवा संचालन गर्ने प्रतिबद्धता जनाउँदै यसका लागि माथिल्लो निकायसम्म पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नील हिरा समाज रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हुने विभेद, लान्छाना र यो समुदायले भोगेका समस्याको बारेमा जानकारी दिदै स्वास्थ्य क्षेत्रका कर्मचारीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाहरुको मनोभवाना नबुझि उनीहरुलाई हासोको पात्र बनाउने गरेको गुनासो गरिन् । उनले स्वास्थ्य क्षेत्रमा यो सु्मुदायलाई बुझ्ने स्वास्थ्य कर्मी नहुँदा रोगको भारी बोकेर बस्नुपर्ने बाध्यता रहेको बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.