एचआईभी संक्रमतिलाई रोजगारीको व्यवस्था गरिदिन माग

एचआईभी संक्रमतिलाई रोजगारीको व्यवस्था गरिदिन माग

कैलाली (पहिचान) असार २८ – सेती अस्पतालका फिजिसियन डाक्टर किरण खनालले स्थानीयतहका जनप्रतिनिधिहरुलाई एचआईभी तथा एड्सको आधरभुत जानकारी दिएका छन् । राष्ट्रिय एचआईभी तथा एड्स महासंघले आयोजना गरेको कार्यक्रममा खनालले नेपालमा एचआईभीको अवस्था र अवको राष्ट्रिय रणनीतिक योजनाको विषयमा जानकारी दिएका हुन् । उनले एचआइभि सर्ने माध्यम तथा यौन गतिविधिमा एचआईभी सर्ने अवस्था र नसर्ने अवस्थाका बारेमा जानकारी दिए ।

‘उच्च जोखिममा रहेको समुहको संख्या सुइबाट लागू पदार्थ प्रयोग गर्नेहरु तीस हजार आठ सय ६८ मध्ये पुरुष समलिंगीहरु साठी हजार तीनसय ३३, तेस्रोलिंगी एक्काइस हजार चार सय ६०, पुरुष यौनकर्मी अठार हजार दुइसय ८७, महिला यौनकर्मी ४९ हजार १८ रहेको छ,’ डाक्टर खनालले भने, ‘यी समुदायको राज्यसम्म सहज पहुँच नरहेको र यो विषयमा स्थानीय जनप्रतिनिधिहरुले पनि चासो नराख्दा जोखिम थप बढिरहेको छ ।’ उनले एचआईभी संक्रमितको अवस्थाबारे सत प्रतिशत जानकारी लिदै उनीहरुलाई उपचारको पहुँचबाट टाढा रहनेको संख्या शुन्य नजिक पु¥याउने लक्ष्य रहेको उनले बताए ।

धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले अब आउने दिनमा सम्मानीत र मर्यादित तरिकाले एलजीविटिआइ समुदायलाई पनि समेट्ने बताए । एचआईभी संक्रमीत समुदायका मानिसहरु सम्पर्कमा आए तुरुन्तै आयआर्जन तथा सिपमुल तालिम दिने उनले बताए । ‘हामी यो समुदायको लागि निशुल्क स्वास्थ्य विमाको पहल पनि गर्ने छौं,’ मेयर वडले भने, ‘एचआईभी संक्रमीत महिला, पुरुष र तेस्रोलिंगी समुदाय इच्छुक भएमा शिक्षाको लागि संस्थागत तथा व्यक्तिगत सिफारिस समेत गरिदिने छु ।’

सुदुरपश्चिम समाजका संयोजक राजु लामाले उपमहानगरपालिकाका मेयर, उपमेर तथा १० वडाका वडा अध्यक्षहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यकको विषयमा जानकारी दिए । लामाले यो समुदायले घरपरिवार, समाजमा भोगिआएका समस्याकोबारे जानकारी दिए । उनले संविधानबाट हाल यो समुदायले पाएका अधिकारका विषयमा समेत जानकारी दिए ।

एचआइभी संक्रमीत गोरख विकले एचआईभी संक्रमतिलाई पोषणयुक्त खाना, शिक्षा, स्थास्थ्य तथा यातायतको व्यवस्था र निशुल्क स्वाथ्य विमा, उच्च शिक्षा पढेकालाई रोजगारीको व्यवस्था गरि दिए अहिलेको अवस्थामा सुधार आउने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.