शिक्षक शिक्षिकालाई मनोविमर्स

शिक्षक शिक्षिकालाई मनोविमर्स

काठमाडौं (पहिचान) साउन ९ – एलजिबिटिआई बालबालिकाको सुरक्षा, सम्बर्धन र संरक्षणका लागि विभिन्न १० वटा बिद्यालयका शिक्षक शिक्षिकालाई प्रशिक्षक प्रशिक्षण तालिम चलिरहेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नील हिरा समाजले १६ जना शिक्षक शिक्षिकालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाबारे जनचेतना दिने, अधिकारबारे सचेत गराउने र समुदायका बालबालिका भएकै कारण बिद्यालय शिक्षाबाट समेत बञ्चित हुनुपर्ने अवस्था आउन नदिन शिक्षक शिक्षिकालाई मनोविमर्स प्रशिक्षक प्रशिक्षण तालिम दिइएको नील हिरा समाजले जनाएको छ ।

एलजीबीटीआई बालबालिकाले केटा केटी भन्दा फरक व्यवहार देखाएकै बिद्यालय शिक्षाबाटै बञ्चित हुनु परिरहेको छ । शैक्षिक प्रमाणपत्रमा पहिचान अनुसारको नाम र लिंग उल्लेख गर्ने कानुन बनेको छैन । बिद्यालय शिक्षाको पाठ्यक्रममा कक्षा ६, ७ र ८ को स्वास्थ्य र शारीरिकमा बल्ल यो बिषय अध्यापन गराउन थालिएको छ । तर, सबै जसो शिक्षक शिक्षिका यो समुदायबारे जानकार नभएका कारण नील हिरा समाजले काठमाडौं र नेपालगंजका शिक्षक शिक्षिकालाई मनोविमर्स प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो ।

समाजले बिद्यालयमै गएर शिक्षक शिक्षिका, बिद्यार्थी, अभिभावकसँग छलफल चलाउने, बाल क्लव गठन गर्ने लगायतका कार्यक्रम पनि संचालन गर्दै आएको छ । मनोविमर्स तालिममा नेपालगंजबाट ६ जनाको सहभागिता रहेको छ । परामर्स तालिम आउँदो शुक्रबार सकिनेछ ।
तस्बिर : एलिन भण्डारी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.