ज्योती र पुष्पाको आफ्नै स्रोतमा पुस्तक वितरण

ज्योती र पुष्पाको आफ्नै स्रोतमा पुस्तक वितरण

7.2k
SHARES

काठमाडौं (पहिचान) भदौ २४ – तेस्रोलिंगी अधिकारकर्मी ज्योती थापा र पुष्पा लामाले गोरखा पालुङटारको मदाने डाडा माध्यमिक बिद्यालयमा पुस्तक वितरण गरेका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा बिद्यालयमा अभिमुखिकरण कार्यक्रम संचालन गरेर ज्योती र पुष्पाले पुस्तक वितरण गरेका हुन् ।

बिद्यालयको लाइव्रेरीमा राख्नका लागि नर्सरीदेखि कक्षा १० सम्मको एक एक सेट पाठ्यक्रम सहित अरु महत्वपूर्ण पुस्तक बिद्यालयलाई दिइएको उनीहरुले जानकारी दिए । यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगी) समुदायलाई समाजले गर्ने फरक व्यवहार परिवर्तन गराउन सामाजिक काम महत्वपूर्ण हुने उनीहरुको ठम्माई छ ।

नील हिरा समाज भक्तपुर शाखाकी प्रमूख ज्योती र नवलसपरासी शाखाकी प्रमूख पुष्पाले आफ्नै निजी स्रोतबाट पुस्तक वितरण गरेका हुन् । ‘धेरै पुस्तक दिन हामीले धेरैसँग सहयोग माग्यौ, तर कसैले हामीलाई सहयोग गरेनन् पुष्पाले पहिचानसँग भनिन, समाजसेवाका लागि काम गर्छौ भन्दा धेरैले पत्याएनन् ।’

भुकम्प पछि भत्केको बिद्यालयलाई त्यही बिद्यालयका पूर्व बिद्यार्थी समिप अधिकारीले सामाजिक कामका लागि अनुरोध गरेकाले बिद्यालयमा पुस्तक दिइएको ज्योतीले बताइन । ‘समिपसँग फेसबुकबाट चिनजान भएको हो ज्योतीले भनिन्, उहाँकै आग्रहमा हामीले आफ्नै स्रोतबाट पुस्तक किनेर दिएका हौ ।’

ज्योती र पुष्पाले कक्षा १० का बिद्यार्थी र बिद्यालयका शिक्षकलाई समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगी व्यक्तिबारे अभिमुखिकरण समेत दिएका छन् । दुवै जनालाई बिद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ ।

समिपले आफ्नो फेसबुकमा स्टाटस लेखेर ज्योती र पुष्पालाई धन्यवाद दिएका छन् । यौन, यौनिकता, लैंगिकता तथा एलजीबीटीआईको बारेमा अभिमुखिकरण कार्यक्रमसँगै लाइव्रेरीको स्तरोन्नतीको निमित्त केहि महत्वपुर्ण पुस्तक बितरण गरेकोमा उनले दुवै जनालाई धन्यबाद दिएका हुन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने नजरमा परिबर्तन गरि उनीहरुलाई सम्मान जनक ढंगबाट हेर्न प्रेरित गर्ने कुरामा बिश्वस्त रहेको उल्लेख गरेका छन् ।

समाचार शेयर गर्नुहोस्
7.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.