अब होचापुड्काले देशका १ सय ५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षण गर्न पाउने

अब होचापुड्काले देशका १ सय ५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षण गर्न पाउने

काठमाडौं (पहिचान) असोज ९ – होचापुड्का अपांगता भएका व्यक्तिहरुले देशका १ सय ५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षणको सुविधा पाउने भएका छन् ।

नेपाल मेडिकल व्यवसायी संघ र नेपाल होचापुड्का संघबीच भएको सम्झौता अनुसार होचापुड्का अपांगता भएका व्यक्तिहरुले मेडिकल व्यवसायी संघमा आबद्ध १ सय ५२ मेडिकलबाट निःशुल्क स्वास्थ्य परिक्षण सुविधा पाउने छन् ।

यस सम्वन्धमा नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मी र होचापुड्का संघका अध्यक्ष निर्मल मक्रातीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार यस सम्वन्धमा दुबै संघले आबद्ध सबै सदस्यहरुलाई पत्राचार गरी जानकारी दिने नेपाल मेडिकल व्यसायी संघले जनाएको छ । होचापुड्का व्यक्तिहरुले नेपाल होचापुड्का संघको आधिकारिक सिफारिस पत्र लिएर स्वास्थ्य परिक्षणका लागि जानु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.