समाज रुपान्तरणमा लाग्ने तेस्रोलिंगीको प्रतिवद्धता

समाज रुपान्तरणमा लाग्ने तेस्रोलिंगीको प्रतिवद्धता

रुपन्देही (पहिचान) मंसिर ६ – तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले समाज रुपान्तरणमा लाग्ने प्रतिवद्धता जनाएकी छन् । रुपन्देहीको इन्भारमेन्ट बोडिङ स्कूलका कक्षा २ मा अध्ययनरत एक जना बिद्यार्थीलाई आरएनस स्टाएलको सहयोगमा छात्रवृत्ति वितरण गर्दै रानाले समाज रुपान्तरणमा लाग्ने प्रतिवद्धता जनाएकी हुन् ।

एचआइभी संक्रमित बिद्यार्थीलाई एक बर्षको लागि छात्रवृत्ति दिएको रानाले जानकारी दिइन । ‘आर्थिक अवस्था कमजोर भएको र एचआइभी संक्रमित समेत भएको २ कक्षामा अध्ययनरत बिद्यार्थीलाई छात्रवृत्ति दिएका हौ रानाले भनिन्, ति बिद्यार्थीको भविष्यका लागि सहयोग गरिरहने प्रयासमा छौ ।’

उनले आउने दिनमा पनि यस्ता किसिमका बालबालिकालाई सहयोग गर्ने बताइन । छात्रवृत्ति स्कूलका प्रधानाध्यापक मधु ज्ञवालीलाई हस्ताण्तरण गरिएको रानाले जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.