एलजिबिटिआईलाई विभेदरहित पठन पाठन गराउने प्रतिवद्धता

एलजिबिटिआईलाई विभेदरहित पठन पाठन गराउने प्रतिवद्धता

काठमाडौं (पहिचान) माघ २९ – युनिभर्सल माध्यमिक बिद्यालयले यौनिक तथा लैंगिक अल्पसंख्यक बिद्यार्थीलाई विभेद नगर्ने प्रतिवद्धता जनाएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आफ्नो बिद्यालयमा विभेद नगरि सरल, सहज तरिकाले पढ्ने वातावरण रहेको प्रधानाध्यापक बिजयराज खरेलले बताए । युनिभर्सल माध्यमिक बिद्यालय काठमाडौंको धुम्वाराहीमा रहेको छ ।

मितिनी नेपालले बिद्यालयमा हुने विभेद र लाञ्छना हटाउन मंचन गरेको नाकट हेरेपछि प्रधानाध्यापक खरेलले यो समूदायका बिद्यार्थी पढ्न आउँछन भने विभेदरहित वातावरणमा पठनपाठन गराउने प्रतिवद्धता जनाएका हुन् ।

उनले नाटकले ह्ृदय छोएको र आफ्नो यो समूदायलाई हेर्ने दृष्टिकोण नकारात्मक नभएको बताए । कुनै पनि बालबालिकाको जिन्दगीको पहिलो खट्किलो स्कूल हो उनले भने, स्कूलमा कलिलो उमेरमै विभेद भोग्दा उसको मस्तिष्कमा नकारात्मक असर पर्छ । त्यसैले हरेक स्कूल विभेदरहित हुनुपर्ने प्रधानाध्यापक खरेलले बताए ।

एक जना तेस्रोलिंगीले आफु तेस्रोलिंगी भएकै कारण स्कूलमा भोगेको विभेद बताउँदा दर्शक भाबुक बनेका थिए । बिद्यालयको सभाहलमा कक्षा ९ र १० का बिद्यार्थीलाई राखेर नाटक मंचन गरिएको थियो ।

मितिनी नेपालकी महासचिव सरिता केसीले नाटक मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका बिद्यार्थीले समाजमा मात्रै नभएर स्कूलमा शिक्षक, शिक्षिकाबाछ भोग्नु परेको विभेद देखाइएको बताइन ।

अन्तरलिंगी अधिकारकर्मी बिपिन कडायतले यो समूदायका व्यक्ति स्कूलमा पढ्न आउँदा हौसला प्रदार गरेर सहज वातावरणमा पठन पाठन गराइदिन आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.