निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बिद्यालयमा कुनै समस्या आउन नदिने प्रधानाध्यापक रावलको प्रतिवद्धता

बिद्यालयमा कुनै समस्या आउन नदिने प्रधानाध्यापक रावलको प्रतिवद्धता

788
SHARES

काठमाडौं (पहिचान) चैत २७ – धुम्रबहार बिद्यालयकी प्रधानाध्यापक सुजाता रावतले समलिंगी तेस्रोलिंगीबारे शिक्षकहरु अनबिज्ञ रहेको बताएकी छन् । सुरुका दिनमा आफै पनि द्धिबिधामा रहेको बताउँदै उनले स्कूल स्कूलमा कार्यक्रम गर्न सुझाव दिइन ।

नेपाल मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरूप्रति समाजको स्वीकार्यता’ बिषयमा भएको छलफलमा रावलले नील हिरा समाजले आफ्नो स्कूलमा कार्यक्रम गर्न प्रस्ताव राख्दा स्वंय आफू पनि द्धिबिधामा रहेको सुनाइन् ।

‘के होला ? भन्ने डर सुरुका दिनमा लागेको थियो उनले भनिन्, तर, शिक्षक र बिद्यार्थीसँग समलिंगी तेस्रोलिंगीले अन्तरक्रिया गरेपछि बुझ्न सजिलो भएको छ ।’  उनले भूमिका श्रेष्ठले एसइई दिन नपाएको सुन्दा दुख लागेको बताउँदै सबैलाई उज्यालो दिने शिक्षकले यो समुदायलाई प्रोत्साहित गर्नुपर्ने बताइन ।

अबका दिनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिषयमा आफ्नो बिद्यालयम कुनै किसिमको समस्या आउन नदिने प्रधानाध्यापक रावलले प्रतिवद्धता जनाइन ।

शिक्षा मन्त्रालका सह सचिव हरि लम्सालले सामाजिक बिषय अध्ययन गरेकाहरुले नै समाज बुझ्न नसकेको बताए । बिद्यालय स्तरमै परिवर्तन ल्याउन अहिले नील हिरा समाजले काठमाडौं र नेपालगञ्जमा गरि १० वटा बिद्यालयसँग मिलेर काम गर्दै आइरहेको छ ।

चलचित्र महोत्सवमा यौनिक तथा लैंगिक अल्पसंख्यक बेहुली, स्वीकार, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको राजनीतिक प्रवेश र चुनावका बेला बनाएको भिडियो देखइएको थियो भने समुदायका व्यक्तिको रात्री जीवनम आधारित नाइट बाई रुबिना लघु चलचित्र देखाइएको थियो ।

समाचार शेयर गर्नुहोस्
788
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.