भैरहवा बहुमुखी क्याम्पसमा तेस्रोलिंगी परीक्षार्थीमाथि दुरव्यवहार

भैरहवा बहुमुखी क्याम्पसमा तेस्रोलिंगी परीक्षार्थीमाथि दुरव्यवहार

879
SHARES

रुपन्देही (पहिचान) साउन १५ – भैरहवा बहुमखी क्याम्पसमा तेस्रोलिंगी परीक्षार्थीलाई पटक पटक केरकार भएको छ । समाजशास्त्र स्नातक तह दोस्रो बर्ष अंग्रेजी बिषयको परीक्षा दिदाँ नामको बिषयलाई लिएर तेस्रोलिंगी माथि पटक पटक केरकार भएको हो ।

तेस्रोलिंगी परीक्षार्थी मनिला न्यौपानेमाथि क्याम्पसकी सहायक केन्द्राध्यक्ष अरुणा तिवारीले नाम एउटा फोटो अर्कै भनेर केरकार गरेकी हुन् । सहायक केन्द्राध्यक्ष तिवारीले नाम एउटा फोटो अर्कै छ भनेर केरकार गर्नु भयो मनिलाले भनिन्, यस्तो नाम त हुँदैन तपाई माथि शंका छ समेत भन्नुभयो । जसले गर्दा परीक्षा दिइरहेका सबैको नजर आफू माथि परेको उनले बताइन ।

‘अरु परीक्षार्थीले आफूलाई अपराधी जस्तो गरेर हेरिरहेका बताउँदै मनिलाले आखिर हामी तेस्रोलिंगीहरुले कहिलेसम्म शैक्षिक संस्थामा विभेद रहित र आरक्षण सहित अध्यापन गर्न पाउने ?’ भनेर प्रश्न गरिन । मनिलाले २०७३ सालमा जिल्ला प्रशासन कार्यालय दाङबाट अन्य लैंगिक पहिचानमा नागरिकता लिएकी हुन् । उनी जन्मदाँ छोरा हुन भने हुर्कदै बढ्दै जादाँ उनले आफूलाई तेस्रोलिंगी महिला भनेर चिनाइरहेकी छन् ।

मनिलाले नेपालकै ठूलो बिश्वविद्यालय त्रिभुवन बिश्वविद्यालय जहाँ समाजशास्त्रको स्नातकोत्तर तह सम्मको अध्यापन गराइने क्याम्पसका सहायक केन्द्राध्यक्षले समेत तेस्रोलिंगीको बारेमा न्युनतम जानकारी नराख्नु लाजमर्दो कुरा भएको बताइन । ‘नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकलाइ अधिकार दियो भनेर उफ्री रहेका छौ मनिलाले भनिन्, हामी जस्ता समुदायका लागि संविधान जारी गर्ने एसिया मै पहिलो देश नेपाल भन्न पनि लाज लाग्छ ।’ उनले सम्बन्धित सबै निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।

भैरहवा बहुमुखी क्याम्पसका प्रमूख अनिलकुमार झाले नाम एउटा र फोटो अर्कै भएकाले सोधपुछ भएको स्वीकार गरेका छन् । पहिचान अनलाइनसँग कुरागर्दै क्याम्पस प्रमूख झाले फोटो केटाको र ड्रेस केटीको भएकाले सहायक क्याम्पस प्रमूखले सोधपुछ गर्नु भएको बताए । ‘तेस्रोलिंगीबारे थाहा थिएन उनले भने, तेस्रोलिंगीबारे क्याम्पसले बुझेको मात्रै हो ।’ उनले जुन लिंगीको भएपनि परीक्षा नियण्त्रण कार्यालयको स्टिकर टाँस भएको प्रवेश पत्र देखाएपछि परीक्षा दिन पाउने बताए । ‘उहाँलाई परीक्षा दिनबाट बञ्चित गराएका छैनौ उनले भने, सोधपुछ गर्दा उहाँमाथि विभेद भएको हुन सक्छ ।’

तेस्रोलिंगी प्रतिको हेराई फरक हुँदा अरु परीक्षार्थीको नजर परेकाले उहाँले आफूमाथि विभेद भएको महसुस गर्नु भएको हुन सक्ने क्याम्पस प्रमूख झाको भनाई छ । तेस्रोलिंगी मनिलाले त्रिभुवन बिश्व विद्यालयको फारममा महिला र पुरुष मात्रै उल्लेख भएपनि अन्य पहिचानको छुट्टै कोष्ट रजिष्ट्रेशन भरेको बताएकी छन् ।

समाचार शेयर गर्नुहोस्
879
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.