सामान्य कुरामा ख्याल नगर्दा त्रुटी

सामान्य कुरामा ख्याल नगर्दा त्रुटी

काठमाडौं (पहिचान) चैत्र २६ – विश्वव्यापी महमारीको यो समयमा त्रासको वातारण छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर सिर्जना गरेको छ । विश्वका धेरै देशमा अहिले लकडाउन छ ।

यो लकडाउनले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सहयोग गरेको देखिन्छ । तर यहि बेला सामान्य कुरामा ख्याल गरिएन भने गलत अर्थ लाग्न सक्छ भन्ने एउटा नमिठो उदहारण अगाडि आएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि काम गर्दै आएका विभिन्न १६ वटा संस्थाले सो समुदायका व्यक्तिहरुको हित र सुरक्षाप्रति चासो देखाउँदै जारी गरिएको वक्तव्यमा सामान्य भन्दा अति सामान्य विषयमा त्रुटी देखिएको छ ।

उनीहरुले जारी गरेको वक्तव्य अनुसार कोरोना भाइरसको महामारी आज भन्दा ९ वर्षअघि फैलिएको देखिएको छ । उनीहरुले जारी गरेको वक्तव्यमा मिति २०६७ चैतको छ । अहिले २०७६ चैत हो ।

अहिले फैलिएको महामारीलाई उनीहरुको सानो गल्तीले इतिहासको कुरा बनाएको छ । १६ वटा संस्थाले जारी गरेको वक्तव्यमै मिति जस्तो कुरामै गल्ती गरिएको हो । यस्तै कतिपय संस्थाकै नाममा गल्ती गरिएको देखिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.