मतदानको व्यवस्था

‘अन्य’ लिंगीको छुट्टै लाइन नहुने, पुरुष वा महिलामा बस्न असहज लागे विशेष व्यवस्था

‘अन्य’ लिंगीको छुट्टै लाइन नहुने, पुरुष वा महिलामा बस्न असहज लागे विशेष व्यवस्था

मादक पदार्थ सेवन गर्नेले भोट हाल्ने नपाउने, मोबाइल लैजान बन्देज

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने भएका छन्। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले अन्य कागजातबाट मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको हो।
आयोगले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि छुट्टै लाइनको व्यवस्था नभएको बताएको छ। आफूलाई महिला या पुरुषको लाइनमा बस्न असहज लागे निर्वाचन अधिकृतसँगको समन्वयमा मतदान गर्न पाउने व्यवस्था गर्न भनिएको आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिए।
अन्य लैङ्गिक पहिचान भएका मतदातालाई महिला या पुरुष मतदाताको मतदान गर्ने लाइनमा बस्न असहज लागे ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताको लाइनमा बस्न सक्ने व्यवस्था गरेको उनले बताए।
‘अन्य लैङ्गिक पहिचानका मतदातालाई छुट्टै लाइनकै व्यवस्था गरिएको छैन,’श्रेष्ठले पहिचानसँग भने,‘महिला वा पुरुषको लाइनमा बस्न असहज लागे निर्वाचन अधिकृतले त्यस्ता मतदातालाई मतदान गर्न छुट्टै व्यवस्था गरिदिनेछन्।’
पाल्हीनन्दनको उपाध्यक्षमा गीता सैथवारको उम्मेदवारी : नाचगान गरेर दुई पैसा कमाउने हो, खाने हो, त्यही देखेर तेस्रोलिंगी भनेछन्
देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता मध्ये १८३ जना अन्य लैङ्गिक पहिचानका छन्। दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि एकाघरका परिवारको सदस्यलाई मतदान केन्द्रभित्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ।
तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश गर्न निषेध गरिने भएको छ।
मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री लैजान पाइने छैन। सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारका हात हतियार, नमुना मतपत्र लगायतका कागजात मतदान केन्द्रमा लैजान रोक लगाइने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान नपाइने जानकारी दिएका छन्। यस्ता कार्य भएमा कानुन बमोजिम कारबाही हुने चेतावनी आयोगले दिएको छ।
शुक्रवार हुने मतदानका लागि उम्मेदवारहरूको मौन अवधि सुरु भएको छ भने निर्वाचन आयोग जागा भएको छ। जागा भएको आयोगको आँखा छलेर उम्मेदवारहरू परिचयपत्र घरमै पुर्‍याउने बहानामा भोट माग्दै हिँडेका छन्। यसरी भोट माग्न पाइँदैन ।
आयोगले निर्वाचन आचारसंहिताविपरित प्रचार प्रसार या भोजभतेर गरे सिधै पक्राउ गर्न सुरक्षाकर्मीहरूलाई भनिसकेको छ। मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ।
‘हिजडा’ भनेर सरापेका कांग्रेस मकवानपुरका सभापति लामाले मागे माफी, आचारसंहिता उल्लङ्घनमा परेन उजुरी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.