बालबालिका शिक्षा

एनआरएनए परियोजना : विद्यालय स्तरबाटै ‘पढ्दै र कमाउँदै’

एनआरएनए परियोजना : विद्यालय स्तरबाटै ‘पढ्दै र कमाउँदै’

666
SHARES

काठमाडौं : विद्यालय स्तरका बालबालिकाहरूलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पढ्दै र कमाउँदै परियोजना सञ्चालनमा ल्याउने भएको छ। परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालय स्तरका बालबालिकाहरूलाई व्यावसायिक शिक्षामार्फत आत्मनिर्भर बनाउन लागिएको हो।
गैरआवासीय नेपाली सङ्घको ‘पढ्दै र कमाउँदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने संयोजक सिमखडाले जानकारी दिए। उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालय स्तरका १० वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरुलाई व्यावसायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ।
अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने विपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको सिमखडाले जानकारी दिए। उनका अनुसार परियोजनाले विद्यार्थीहरूले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत आर्थिक उपार्जनको लागि सहयोग पुग्नेछ।
परियोजनाले ती विद्यार्थीहरूका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्यक सहयोग गर्ने छ। पढ्दै र कमाउँदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली सङ्घले एक कार्यदलको समेत गठन गरेको छ।
सो कार्यदलको अध्यक्षमा सङ्घका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरूमा रबिन्द्र खड्का (डेनमार्क) मिलन छन्त्याल (आयरल्यान्ड) छन्।
कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वरी थापा अस्ट्रिया, र सदस्यहरूमा राजु अर्याल नर्वे, दीपक शर्मा अस्ट्रेलिया, विष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नवीन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, सङ्गीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अस्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइपर्स, सन्तोष भट्ट जर्मनी, डा. विनोद पौडेल टर्की छन्।
यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्व सचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा विष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा. बद्री केसी, जनज्योति उमाविका प्रधानाध्यापक नारायण सिग्देल छन्।

समाचार शेयर गर्नुहोस्
666
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.